कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यादवको स्मृतिमा सालिक स्थापना

बारा — प्रजातन्त्रका सेनानी भागवतप्रसाद यादवको स्मृतिमा सालिक स्थापना गरिएको छ । सिम्रौनगढ नगरपालिका–९ कचोर्वाको बसवरियामा उनको सालिक स्थापना गरिएको हो । स्वर्गीय भागवतप्रसाद यादव स्मृति प्रतिष्ठानका अध्यक्ष तथा सिम्रौनगढका नगर प्रमुख विजयशंकर यादवले अर्धकदको शालिक स्थापना गरिएको बताए । ‘प्रजातन्त्र, देश र जनताका लागि बुवाले पुर्‍याउनुभएको योगदानलाई जीवन्त राख्न आफ्नै प्रयासमा सालिक स्थापना गरेको हुँ,’ यादवका छोरा समेत रहेका विजयशंकरले भने ।

यादवको स्मृतिमा सालिक स्थापना

वि.सं. १९७९ असार ९ मा जन्मेका यादवको निधन २०५१ वैशाख ५ मा ८१ वर्षको उमेरमा भएको थियो । बीपी कोइरालाका समकालीन यादवले कोइरालासँगै राणाकाल र पञ्चायत व्यवस्थाविरुद्ध संघर्ष गरेका थिए । त्यस क्रममा उनी पटकपटक गरी ३५ वर्षसम्म भारतमा प्रवास जीवन बिताउनुपरेको थियो । सालिकको सोमबार गृहमन्त्री बालकृष्ण खाँणले अनावरण गरेका थिए ।

प्रकाशित : चैत्र २६, २०७८ २१:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?