१५.४४°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

गोली हानी साथीको हत्या आरोपमा युवा पक्राउ

सन्तोष सिंह

धनुषा — धनुषाको हंसपुरमा साथीलाई गोली प्रहरी गरी हत्या गरेको आरोपमा युवालाई प्रहरीले पक्राउ गरेको छ । पुरानो रिसईबीले तीन जनाले योजना बनाएर साथीको हत्या गरेको प्रहरीले जनाएको छ ।

हंसपुर नागरपालिका–७ नौवाखोरका १८ वर्षीय विजय रामलाई हत्या गरी गहुँ खेतमा फालेको आरोपमा स्थानीय २० वर्षीय मनोज रामलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार साँझ तीन जना साथीहरुसँग घुम्न गएमा विजयको शव मंगलबार बिहान गहुँखेतमा भेटिएको थियो । हत्या आरोपी २२ वर्षीय जितु मण्डल र १९ वर्षीय पंकज मण्डल भने फरार छन् । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।

हत्यामा संलग्न पंकज मण्डको सर्ट र चस्मा घटनास्थलमा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका महरालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र २४, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?