२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बालिका अपहरण गरी फिरौती माग्ने महिलासहित चार जना पक्राउ

सन्तोष सिंह

धनुषा — जनकपुरको पुल्चोकबाट बालिका अपहरण गरी फिरौती माग्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ अपहरित बालिकालाई धनुषाको बिदेह नगरपालिका–८ वफैबाट शुक्रबार साँझ अपहरणमुक्त गराउँदै अपहरणमा संलग्न एक महिलासहित चार जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।

ध्रुव मण्डलकी ४ वर्षीया छोरीलाई बिहीबार साँझ जनकपुरस्थित घरमा खेल्दै गर्दा अपहरण गरिएको थियो । अपहरणकारीले शुक्रबार बिहान फरक-फरक नम्बरबाट फोन गरी १५ लाख फिरौती मागेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायको नेतृत्वमा खटिएको प्रहरी टोलीले बालिकालाई अपहरण मुक्त गराएका हुन् । अपहरणकारीलाई पक्राउ गर्न प्रहरीले ५ राउण्ड गोलीसमेत प्रहार गरेको प्रहरी उपरीक्षक रजौरेले बताए ।

अहरणकारीले फिरौती मागेपछि अपहरित बालिका खोज्न प्रहरीलाई सहज भएको थियो । प्रहरी र सञ्चारमाध्यमलाई जानकारी गराए बालिकाको हत्या गर्ने अपहरणकारीले धम्की दिँदै फिरौती मागेका थिए । पक्राउ परेका चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

पक्राउ परेकाहरुको पहिचान प्रहरीले खुलाइएको छैन । बालिका खोज्न बिहीबार रातिदेखि नै प्रहरी परिचालन भएको थियो । प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा समेत प्रहरी परिचालन गरिएको थियो ।

प्रकाशित : चैत्र ११, २०७८ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x