२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

सप्तरीमा आगलागी : १० परिवारका ३२ घरगोठ जले

अवधेशकुमार झा

राजविराज — सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ टेंग्रीमा शानिबार मध्यराति आगलागी भएको छ । स्थानीय डम्बर यादवको घरबाट राति पौने १२ बजे सुरु भएको आगलागीबाट त्यहाँका १० परिवारका ३२ घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष तेजनारायण यादवले जानकारी दिए ।

सप्तरीमा आगलागी : १० परिवारका ३२ घरगोठ जले

गाउँलेहरु गाउँमै भोज खाइरहेका बेला आगलागी भएका कारण घरमा रहेका कुनै पनि सरसामान कसैले निकाल्न सकेनन् । आगलागीबाट ४ वटा बाख्रा समेत जलेर मरेका छन् भने छोरीको विवाहको तयारीमा रहेका डम्बर यादपको २ लाख ५० हजार रुपैयाँ नगद, १ तोला सुन र १० तोला चाँदी समेत जलेको वडाध्यक्ष यादवले बताए ।


हनुमाननगर कंकालिनी नगरपालिका, शम्भुनाथ नगरपालिका र राजविराजस्थित प्रहरी तालिम केन्द्रको वारुणयन्त्र, प्रहरी र स्थानियवासीको सहयोगमा ३ बजे आगलागी नियन्त्रणमा आएको वडाध्यक्ष यादवले बताए । आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन गर्ने भइरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन २९, २०७८ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?