१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष एमाले प्रवेश

लक्ष्मी साह

बारा — बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीसहित ५ जना जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । 

बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष एमाले प्रवेश

एमालेले शनिबार आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श जयनगर च्युँटाहाको रामचरित्र माविमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले टीका र माला लगाई प्रवेश गराएका हुन् ।

पालिका अध्यक्ष मुस्तुफा जनता समाजवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश गरेका हुन् । उनीसहित माओवादी र अन्य पार्टीका चार जना वडाध्यक्षहरु एमाले प्रवेश गरेका हुन् । माओवादी आदर्श कोतवाल गाउँपालिका अध्यक्ष राकेश यादवलगायत एमाले प्रवेश गरेका हुन् ।

प्रकाशित : फाल्गुन २८, २०७८ १६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?