२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

साथीलाई गोली प्रहार गर्ने युवक पक्राउ

सन्तोष सिंह

धनुषा — जनकपुरकमा साथीलाई गोली प्रहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार राति कमला नगरपालिका –८ का  मुकेश मुखियालाई मामाको घरमा आएको बेला गोली प्रहर गरेको आरोपमा धनौजीबाट प्रहरीले रुपेश यादवलाई पक्राउ गरेको हो ।

साथीलाई गोली प्रहार गर्ने युवक पक्राउ

यादवलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजना मुद्दा शिर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । गोली लागि गम्भीर घाइते भएका मुकेश मुखियाको हाल काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ । मुखियाको घाँटीको भागमा गोली लागेको छ ।

मुकेश मुखिया र रुपेश यादव साथी रहेको र मुकेश मुखिया आफ्नो मामाको किराना पसलमा बसिरहेको अवस्थामा रुपेश यादवले मुकेशलाई पेस्तोल ताकी गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोली प्रहार गर्नुको कारण भने प्रहरीले खुलाएको छैन । गोली प्रहार भएको केही समयमा घटनास्थलमा पुगेको प्रहरीले जगदीश साहको खाली खेतबाट प्रयोग भएको म्याग्जिन, अटोमेटिक पेस्तोल बरामद गरेको थियो ।

प्रकाशित : फाल्गुन २३, २०७८ १९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?