कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कांग्रेस रौतहटको निर्वाचन हुँदै

शिव पुरी

रौतहट — वडाबाट चुनिएका प्रतिनिधिहरुलाई प्रमाणपत्र नदिएको भन्दै विवाद बढेपछि अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस रौतहटको १४ औं अधिवेशन अन्तर्गत सोमबार बिहानबाट मतदान सुरु हुँदैछ ।

कांग्रेस रौतहटको निर्वाचन हुँदै

क्षेत्र नम्बर ३ लगायतका वडाहरुका प्रतिनिधिलाई अहिलेसम्म प्रमाणपत्र उपलब्ध नगराइएको र फर्जी मतदातालाई लाइनमा बसाएको भन्दै विवाद बढेपछि शनिबार बिहान हुने भनिएको निर्वाचन स्थगित भएको थियो ।

विवादबीच दुवै पक्षलाई राखेर केहीबेर छलफल गराएपनि सहमति हुन नसकेपछि अनिश्चितकालका लागि स्थगित गरिएको मतदान सोमबार बिहानबाट गर्ने सहमति भएको निर्वाचन अधिकृत दिपकराज रेग्मीले बताए । ‘प्राविधिक कारणले स्थगित भएको निर्वाचन सुरु गरेका छौ,’उनलेभने,‘दुवैतिरका साथीहरुकै सहमतिमा मतदान हुन लागेको हो । अब विवाद रहेन ।’

अधिवेशनमा सभापतिका लागि संस्थापन पक्षका जितेन्द्र यादव र कोइराला प्यानलबाट हृद्यनारायण यादव मैदानमा छन् । सदरमुकाम गौरस्थित जुद्ध मावि परिसरमा मतदानको व्यवस्था मिलाइएको छ । निर्वाचनमा विवाद हुनसक्ने भन्दै स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ । अधिवेशनको उपसभापतिमा संस्थापन पक्षका धिरेन्द्रकुमार सिंह र रामलोचनप्रसाद कल्वार मैदानमा छन् । कोइराला पक्षबाट मोहम्मद महताब आलम र विनोद गुप्ताले उम्मेद्वारी दिएका छन् । कांग्रेसको विधानमा दुई जना उपसभापति, सचिव र उपसचिव रहने प्रावधान छ । त्यसैगरि सचिवमा संस्थापन पक्षका सुभाष कोइराला र कोइराला पक्षका सुमन गौतम लगायत ५ जनाको उम्मेद्वारी परेको छ । सभापति र पदाधिकारीसहित ९६ पदमा हुने निर्वाचनमा हरेक पदमा दुई–दुई जनाले उम्मेद्वारी दिएका छन् । कांग्रेसको जिल्लामा २ हजार ५ सय ९० मतदाता रहेका छन् ।

प्रकाशित : फाल्गुन २३, २०७८ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×