कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

सर्लाहीमा आगोले जलेर एक जनाको मृत्यु

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको वाग्मतीस्थित घरमा सुतिरहेको अवस्थामा एक वृद्धको आगोले जलेर मृत्यु भएको छ । 

वाग्मती नगरपालिका–८ शंकरपुरको सोल्टीस्थित राम अशिष साहको घरको आँगनमा सोमबार बिहानै २ बजेतिर आगो लाग्दा ज्यान गएको हो । ६६ वर्षीय साह घरको आँगनमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरूले पानी हालेर आगो निभाउँदा उनको मृत्यु भइसकेको थियो ।

स्थानीय राम प्रवेश पण्डितले साहको आँगनमा अचानक आगो लागेको देखेर हतार हतार पानी हालेर निभाएको बताए । आइतबार राति घरमा सुतेका साह कसरी आगलागीमा परे भन्नेबारे खुल्न सकेको छैन ।

उनी दुई वर्षयता अशक्त भएका घरमै बसिरहेका हुन्थे । पक्षघात भएर बिरामी परेका साहको शरीरको एक भागले काम गरिरहेको थिएन । स्थानीय घनश्याम बलमपाकीका अनुसार साह एक ठाउँमा लडेपछि आफैं उठ्न सक्दैनथे ।

साहका दुई छोरा छन् । उनीहरू बरहथवास्थित चिरान मिलमा काम गर्ने भएकाले राति त्यतै बसेका थिए । बुहारीसहित अन्य सदस्य घरमै सुते पनि छिमेकीले चिच्याएपछि मात्र उनीहरू ब्युँझिएका थिए । घटनास्थल पुगेका प्रहरीले भने जलेर मृत्यु भएको घटनामा अनुसन्धान भइरहेको जनाएको छ ।

सर्लाहीमा यसअघि आगोले जलेर चार जनाको मृत्यु भइसकेको छ । मलंगवा नगरपालिकाको खुटौनामा एकजना र कविलासी नगरपालिकाको सिर्सियामा दुई बालिका र गोडैतामा एक वृद्धाको आगोले जलेर मृत्यु भएको थियो ।

प्रकाशित : फाल्गुन २, २०७८ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×