२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

करेन्ट लागेर श्रमिकको मृत्यु, अर्का एक जना घाइते

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको बाग्मतीमा शनिबार पक्की घरको छत ढलान गर्न रड सेटिङ गर्ने क्रममा करेन्ट लाग्दा एक श्रमिकको मृत्यु भएको छ । उनलाई जोगाउने क्रममा अर्का एक जना घाइते भएका छन् ।

करेन्ट लागेर वडा नम्बर ८ का २४ वर्षीय रामु महतोको मृत्यु भएको हो । उनी बाग्मती नगरपालिका–२ धरहराका कुमार परियारको घरको छत ढलानका लागि रड सेटिङको काम गरिरहेका थिए ।

महतोलाई करेन्ट लागेपछि सँगै काम गरिरहेका स्थानीय दीपक कुमार महतोले जोगाउन खोज्दा उनलाई पनि करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका महतोद्वयलाई उपचारका लागि हरिवनस्थित जीवन अस्पतालमा लैजाँदै गर्दा रामुको बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अर्का घाइते दीपकको भने उपचार भइरहेको छ ।

प्रकाशित : माघ २९, २०७८ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?