१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

वर्षाले काँचो इँटा नष्ट

पर्सा — दुई पटकको हिउँदे वर्षाले पर्सा–बाराका इँटा व्यवसायीको ६० प्रतिशत काँचो इँटा नष्ट भएको छ । पर्सा–बारा इँटा उद्योग संघका अध्यक्ष तथा ओमशक्ति इँटा उद्योगका व्यवस्थापक असर्फीप्रसाद जैसवालले हिउँदे वर्षाले दुवै जिल्लामा गरी १ सय ५० उद्योगको ६० प्रतिशत काँचो इँटा गलेको बताए ।

वर्षाले काँचो इँटा नष्ट

‘हामीले यस वर्ष दुई पटक क्षति व्यहोरेका छौं,’ उनले भने, ‘अघिल्ला २ वर्ष पनि वर्षा र निषेधाज्ञाको कारण इँटाको व्यापारमा मन्दी आएको थियो । यस वर्ष हिउँदे वर्षाले थप क्षति पुर्‍यायो ।’

बाबा इँटा उद्योग कलैयाका व्यवस्थापक सीताराम आचार्य वर्षाले यस वर्ष आफ्नो करिब ८ लाखवटा काँचो इँटा गलेको बताए । ‘अघिल्लो वर्षाले २ लाख इँटा गलाएको थियो, हालको वर्षाले ६ लाख इँटा गलाइसक्यो,’ उनले भने, ‘चिसोपना कायमै

रहेकाले नयाँ इँटा बनाउन सकिएको छैन, यतिबेला कम्तीमा एकपटक हामीले इँटा पोलिसक्नुपर्थ्यो, अब पोल्न पनि इँटा बाँकी रहेन ।’ मौसमअनुकूल भए काँचो इँटा बनाउन थप एक महिना लाग्ने उनले बताए । ‘चैत/वैशाखमा हावाहुरीसँगै वर्षा पनि भइराख्ने भएकाले नयाँ इँटा बनाउन भ्याइँदैन,’ उनले भने ।

दुवै जिल्लाका गरी ९५ प्रतिशत इँटा उद्योगको उत्पादन यस वर्ष आधाले घट्ने उनले बताए । यसले बजारमा इँटाकै अभाव हुने स्थिति पनि आउन सक्ने उनले बताए । ‘फेरि पनि मौसम खराब हुने भनिएको छ, थप पानी परे भएका काँचो इँटा पनि नष्ट भएर जान्छन्,’ उनले भने, ‘यस्तै अवस्था रहे यस वर्ष विकास निर्माणको कामका लागि पनि इँटाको अभाव हुन सक्छ ।’ पर्सा–बारामा उत्पादन हुने इँटाले यो भेगमा मात्र नभई थुप्रै पहाडी जिल्लाका साथै पोखरा, काठमाडौंसम्मको माग धान्दै आएको छ ।

प्रकाशित : माघ २७, २०७८ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?