कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघ गणनाका ६ वटा क्यामेरा चोरी

वीरगन्ज — पर्सा निकुञ्ज क्षेत्रमा बाघ गणनाका लागि जडान गरिएका ६ वटा क्यामेरा चोरी भएका छन् । पर्साको बढनिहार र मनवा इलाका वन कार्यालय क्षेत्रमा जडान गरिएका क्यामेरा चोरी भएका हुन् ।

डिभिजन वन कार्यालय पर्साका प्रमुख फरमान मियाँले राष्ट्रिय बाघ गणना कार्यक्रमअन्तर्गत जडान गरिएका क्यामेराहरु चोरी भएको जनाए । संयुक्त गस्ती नहुँदा क्यामेरा चोरी भएको हो । ‘बाघ गणनाका लागि जडान गरिएका ६ वटा क्यामेरा चोरी भएको रिपोर्टिङ आएको छ,’ मियाँले भने, ‘क्यामेरा चोरी भएको क्षेत्र गाँजा तस्करी गर्ने रुट हो, आफ्नो तस्बिर कैद नहोस् भनेर तस्करले चोरेको हुन सक्छ । ४/५ वटा क्यामेरा चोरी हुनु सामान्य कुरा हो ।’

प्रकाशित : माघ १२, २०७८ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?