कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेस प्रदेशमा ३६६ ले गरे मतदान, ६ जना अनुपस्थित

सन्तोष सिंह

धनुषा — मधेस प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा ३ सय ७२ मदतातामध्ये ३ सय ६६ जनाले मतदान गरेका छन् ।

मधेस प्रदेशमा ३६६ ले गरे मतदान, ६ जना अनुपस्थित

स्थानीय तहका प्रमुख/उप प्रमुख २ सय ६८ जनामध्ये २ सय ६४ जनाले मतदना गरेका छन् । १ सय ४ प्रदेश सांसदमध्ये १ सय २ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालय जनकपुरकी प्रमुख पुष्पा झाले बताइन् ।

मतदानमा स्थानीय तहबाट ४ जना र प्रदेश सांसद २ जना मतदना अनुपस्थित भएको जनाइएको छ । नेकपा (एस)का प्रदेश सांसद गोविन्द न्यौपाने र जनता समाजवादी पार्टीकी रागिनी देवी वरनवालले मतदान गरेनन् । मत गणना केहि बेरमा सुरु गरिने जनाइएको छ ।

प्रकाशित : माघ १२, २०७८ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?