कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मधेस आन्दोलनका सहिद परिवारलाई ३ लाखसहित सम्मान

रोजगार नपाएका परिवारलाई भरणपोषण बापत मासिक २१ हजार
अवधेशकुमार झा

राजविराज — मधेस आन्दोलनका सहिद परिवारलाई मधेस सरकारले ३/३ लाख रुपैयाँ राहत प्रदान गरेको छ । मधेस आन्दोलनको क्रममा राज्यबाट मारिएका सहिदहरूको सम्झनामा मधेस सरकारद्वारा बुधबार राजविराजमा आयोजित चौथौ 'बलिदानी दिवस'का अवसरमा सहिद परिवार र घाइते परिवारलाई नगदसहित सम्मान गरिएको हो ।

मधेस आन्दोलनका सहिद परिवारलाई ३ लाखसहित सम्मान

मधेस सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालय अन्तर्गत मधेसी सहिद प्रतिष्ठानद्वारा राजविराजमा आयोजित बलिदानी दिवस कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सहिद परिवारका सदस्यहरूलाई ३/३ लाख रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गरे ।

यस अवसरमा मधेस आन्दोलनका ५९ जना सहिदका परिवारलाई ३/३ लाख रुपैयाँका दरले प्रदान गरिएको मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । यस्तै कार्यक्रममा मधेस आन्दोलनका जीउँदो सहिद मानिने पर्साका मन्सी पटेलसहित घाइते र अंगभंग भएकाहरूलाई पनि नगदसहित सम्मान गरियो । घाइते तथा अंगभंग भएका ८१ जनालाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म रकम वितरण गरिएको अर्थमन्त्री साहले जानकारी दिए ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनकै बलमा मुलुकमा संघीयता आएको बताए । उनले मधेस आन्दोलनका सहिद परिवारलाई मधेस सरकारले रोजगारको प्रबन्ध गरिरहेको भन्दै रोजगारबाट बञ्चित रहेका परिवारलाई भरणपोषण बापत प्रदेश सरकारले मासिक २१ हजार रुपैयाँ दिने गरी स्थायी व्यवस्था गर्न लागेको बताए ।

प्रकाशित : माघ ५, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?