कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्लाहीको हरिवनमा बस पल्टिँदा १६ यात्रु घाइते

ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिवनमा मंगलबार दिउँसो बस पल्टिँदा १६ यात्रु घाइते भएका छन् । पोखराबाट विराटनगरतर्फ जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नी यातायात पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९ नोचामा पल्टिएको हो ।

सर्लाहीको हरिवनमा बस पल्टिँदा १६ यात्रु घाइते

गुडिरहेको बस एक्कासी पल्टिएर राजमार्गभन्दा तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताए । दोङका अनुसार ब्रेक लगाएको अवस्थामा बस पल्टिएको हो ।

बसमा रहेका सबै घाइते भएका हुन् । उनीहरुको उपचारका लागि अस्पताल पुर्‍याएको प्रहरी निरीक्षक दोङले बताए । उनका अनुसार घटनाको विस्तृत विवरण संकलनको काम भइरहेको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले बसका चालक फरार रहेकाले दुर्घटनाको कारण खुल्न नसकेको जानकारी दिए । ‘बस दुर्घटनामा परेको खबर पाएलगत्तै हाम्रो टोली घटनास्थलमा पुगेर घाइतेको उद्धार गरेर अस्पताल पुर्‍याएका छौं, बसमा सवार सबै घाइते छन्,’ उनले भने, ‘दुर्घटनाको कारणबारे पत्ता लगाउने प्रयास भइरहेको छ ।’

घाइतेहरुको हरिवनस्थित नमुना अस्पताललगायत स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको प्रहरी निरीक्षक गिरीले बताए ।


प्रकाशित : माघ ४, २०७८ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?