कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीमा ७५ जनामा परीक्षण गर्दा ६५ मा कोरोना पुष्टि

अवधेशकुमार झा

राजविराज — सप्तरीमा कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । गजेन्द्रनारायण सिंह अस्पतालमा सोमबार ७५ जनामा गरिएको पीसीआर परीक्षणको मंगलबार आएको रिपोर्टमा ६५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

सप्तरीमा ७५ जनामा परीक्षण गर्दा ६५ मा कोरोना पुष्टि

उनका अनुसार ६५ जनामा प्रहरी अत्यधिक छन् । यो ६५ समेत जिल्लामा कुल सक्रिय संक्रमितको संख्या १ सय ५ पुगेको छ ।

राजविराजस्थित सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश र कर्मचारीहरूमा पनि कोरोना संक्रमण संख्या बढ्दै गएको छ । जिल्ला अदालतका स्रेस्तेदार कुमार मास्केका अनुसार सप्तरी जिल्ला अदालतका ४ जना न्यायाधीश र ४ जना कर्मचारीमा अहिले संक्रमण देखिएको छ ।

यसैगरी उच्च अदालत जनकपुरको राजविराज इजलासका उपरजिस्टार उज्ज्वल न्यौपानेका अनुसार उक्त अदालतका ३ जना न्यायाधीश र ४ जना कर्मचारी गरी ७ जनामा संक्रमण देखिएको छ । जिल्लामा कोरोनाको संक्रमण तीव्र रुपमा फैलिँदो रुपमा रहे पनि पूर्ण रुपमा सतर्कता भने अपनाइएको छैन ।

त्यस्तै सोमबार राति सप्तरीमा कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचाररत सप्तरीको रुपनी गाउँपालिका-१ की ७५ वर्षीया महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलिप साहले जानकारी दिए ।

मधुमेहसम्बन्धी समस्याका कारण तीन दिनअघि अस्पताल भर्ना भएकी उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो ।

प्रकाशित : माघ ४, २०७८ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?