मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा- मधेस - कान्तिपुर समाचार

मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा

रासस

काठमाडौँ — नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ ।

सोमबार प्रदेश सभामा मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

प्रकाशित : माघ ३, २०७८ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार मृतकले कोभिडविरुद्धको खोप लगाएका थिएनन्
रुपा गहतराज

नेपालगन्ज — बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ की ४१ वर्षीया महिलाको सोमबार दिउँसो भेरी अस्पताल, नेपालगन्जमा मृत्यु भएको हो।

पुस ३० गते कोहलपुर मेडिकल कलेजमा पीसीआर परीक्षण गरिएको उनलाई सोही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार मृतकले कोभिडविरुद्धको कुनै पनि खोप नलगाएको पाइएको छ।

यससँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ४ सय ३७ जनाको मृत्यु भएको तथ्यांक छ । बाँके जिल्लामा मात्रै कोरोनाका कारण ३ सय ४५ जनाको मृत्यु भएको छ।

यसैबीच सोमबार बाँकेमा तीनवटा ल्याबमा एक सय ७२ जनाको परीक्षण गर्दा ५८ जनामा कोरोना पुष्टि भएको छ।

प्रकाशित : माघ ३, २०७८ २०:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×