जनकपुरका सीमाक्षेत्र र सार्वजनिक स्थानमा एन्टिजेन बुथ स्थापना- मधेस - कान्तिपुर समाचार

जनकपुरका सीमाक्षेत्र र सार्वजनिक स्थानमा एन्टिजेन बुथ स्थापना

सन्तोष सिंह

धनुषा — जिल्ला प्रशासन कार्यालय धनुषाले भारतीय सीमाक्षेत्र सहित सार्वजनिक स्थानमा एन्टिजेन बुथ स्थापना गरी नि:शुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य कार्यालय धनुषाले स्थानीय तहसँग समन्वय गरी सिमाना लगायत सार्वजनिक स्थानहरूमा नि:शुल्क एन्टिजेन टेष्ट बुथ स्थापना गर्ने र नियमित परीक्षण गर्ने/ गराउने निर्णय गरेको हो ।

बुधबार जिल्ला प्रशासन कार्यालय धनुषा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रोकथाम तथा नियन्त्रणका लागि १३ बुँदे आदेश जारी गरेका छन् ।

कोभिडको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासनले गृह मन्त्रालयको निर्देशन कार्यान्वयन गर्न आदेश दिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय धनुषाले स्वास्थ्य मापदण्ड पाल्न गर्न आग्रह गर्दै २५ जनाभन्दा बढी मानिसको उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न तथा सार्वजनिक स्थानहरूमा माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गरेको छ ।

स्वास्थ्य कार्यालयलाई स्थानीय तहसँग समन्वय गरी १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई एक हप्ताभित्र खोप लगाउन, पुष २९ गतेदेखि माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन संचालन नगर्न, सामाजिक दूरी कायम गर्न, विगतमा संचालन भएका कोभिड उपचार केन्द्र तथा आइसोलेसन केन्द्रलाई सुदृढ गर्न, अक्सिजन सिलिण्डरहरू अस्पतालमा ल्याउनसमेत प्रशासनले आदेश दिएको छ ।

यस्तै कोभिड–१९ को लक्षण देखिएका तथा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरूको नि:शुल्क एन्टिजेन तथा पीसीआर परीक्षणका लागि स्थानीय तह र जिल्ला अस्पतालमा सम्पर्क गरी स्वास्थ्य परीक्षण गराउन पनि आग्रह गरिएको छ ।

प्रकाशित : पुस २८, २०७८ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्

खल्ती प्रयोगकर्ताको लागि  वर्ल्डलिंकको फ्री वाईफाई 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले ‘खल्ती मा १०० जीबी’ अफर  ल्याएको छ । जसअन्तर्गत खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकका १४ हजार बढी हटस्पटहरुमा  १०० जीबी फ्री वाईफाई ३० दिनको लागि प्रयोग गर्न सक्नेछन् ।

१०० जीबी फ्री वाईफाई एक्टिभेट गर्नु अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्री वाईफाईका लागि दर्ता भने गरेको हुनुपर्नेछ । दर्ता गरे पश्चात ‘खल्ती’ एपको ‘पपुलर सर्भिसेस’ मा रहेको ‘खल्ती मा १०० जीबी’ आइकनमा गई ‘गेट १०० जीबी फ्री वाईफाई’मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्री वाईफाई प्रयोग गर्न सकिनेछ ।

प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डडलिंक फ्री वाइफाइमा दर्ता आईडी भने एउटै हुनुपर्नेछ । यो अफर पुस २७ देखि माघ २६ सम्म लागू हुने खल्तीले जनाएको छ ।

प्रकाशित : पुस २८, २०७८ १९:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×