कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले पर्साको बन्दसत्र अनिश्चितकालका लागि स्थगित

भूषण यादव

वीरगन्ज — नेकपा एमाले पर्साको बन्द सत्र अनिश्चितकालका लागि स्थगित भएको छ । एमाले पर्साको ८औँ जिल्ला अधिवेशनका अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजाराले बुधबार बन्दसत्र विशेष कारणले स्थगित गरिएको जनाएका छन् ।

एमाले पर्साको बन्दसत्र अनिश्चितकालका लागि स्थगित

मंगलबार ८औँ जिल्ला अधिवेशनको उद्घाटन एमालेका महासचिव शंकर पोखरेलले गरेका थिए । मंगलबार साँझ सुरु भएको बन्दसत्रमा जिल्ला अध्यक्ष प्रभु हजाराले पेस गरेको राजनैतिक प्रतिवेदन, सचिव मनोज गुप्ताले पेस गरेको सांगठनिक प्रतवेदन र सन्तोष पासवानले प्रस्तुत गरेको आर्थिक प्रतिवदेन संशोधनसहित पारित भएको थियो ।

त्यसपछि राति नै अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजाराले सर्वसम्मतिले पदाधिकारी र सदस्य चयन गर्न अधिकार अध्यक्ष मण्डललाई दिन प्रतिनिधिहरूबीच बन्दसत्रमा प्रस्ताव राखेका थिए ।

बन्दसत्रमा उपस्थित अधिकांश प्रतिनिधिहरुले अध्यक्ष मण्डलाई सर्वसम्मतिको अधिकार नदिने र आन्तरिक निर्वाचनबाट पदाधिकारीलगायतको कार्यसमिति चयन गर्नुपर्ने अडान राखेका थिए । नगरसभा गृहमा भइरहेको बन्दसत्रमा दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहानसमेत भएको एक प्रतिनिधिले बताए ।

नयाँ नेतृत्व चयनको प्रक्रियामा सहमति हुन नसकेपछि बुधबार बिहान करिब ४ बजेको समयमा हालका लागि बन्द सत्र स्थगित गरिएको मौखिक सूचना गरिएको थियो । अध्यक्षमण्डलका अध्यक्ष प्रभु हजाराले बुधबार विज्ञप्ति प्रकाशित गरी पुस २७ र २८ मा सम्पन्न भइरहेको जिल्ला अधिवेशनको बन्द सत्र विशेष कारणले स्थगन गरिएको जनाएका हुन् ।

बन्दसत्रका अन्य कार्यक्रम अर्को सूचना प्रकाशन गरी जानकारी गराइने विज्ञप्तिमा उल्लेख छ । अधिवेशनमा ७ सय ८५ प्रतिनिधि सहभागी थिए ।

प्रकाशित : पुस २८, २०७८ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?