कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कांग्रेस कार्यालयमा भोक हडताल

महोत्तरी — महोत्तरीमा कांग्रेसको क्षेत्रीय अधिवेशन नगरी जिल्ला अधिवेशन गर्न लागिएको भन्दै भोक हडताल सुरु भएको छ । विवादपछि क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित छ ।

कांग्रेस कार्यालयमा भोक हडताल

त्यो नगराई माघ १६ मा जिल्लाको अधिवेशन गराउने केन्द्रीय निर्वाचन समितिले निर्णय गरेको छ । निर्णयको विरोध गर्दै बुधबार जलेश्वरमा कांग्रेसका पूर्वजिल्ला सचिव तथा महासमिति सदस्य बजरंग नेपालीले कांग्रस जिल्ला कार्यालयमै भोक हडताल थालेका हुन् ।

कांग्रेस महोत्तरीका कार्यवाहक सभापति शम्भु पाठकले क्षेत्रको अधिवेशन नगरी जिल्लाको अधिवेशन गर्नु त्यस क्षेत्रका नेता–कार्यकर्तालाई न्याय नहुने भन्दै आन्दोलन थालिएको बताए ।

पुस १६ मा पिपरामा क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत हेमबहादुर कार्की क्षेत्रीय सभापति राघबेन्द्र झाकै उपस्थितिमा पुस १९ सम्म बैठक बसाइ निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको थियो । तर, सभापति झाले बैठकको लागि पहल नै नगरेको आरोप छ ।

प्रकाशित : पुस २२, २०७८ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×