कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेपत्ता व्यक्ति पोखरीमा मृत भेटिए

सुनिता बराल

महोत्तरी — महोत्तरीमा पुस १८ गते घरबाट हराएका एक व्यक्ति पोखरीमा मृत भेटिएका छन् । एकडारा गाउँपालिका २ बस्ने ५४ वर्षीय विजय कुमार यादव मृत भेटिएका हुन् ।

यादव घरबाट हराएको सूचना परिवारले प्रहरीलाई दिएपछि प्रहरीले खोजी तीव्र बनाएको थियो । स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा एकडारा २ मै रहेको कुटी पोखरीको छेउमा स्थानीयले मृतकको चप्पल भेटेको सूचना दिएपछि उनलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।

सीमा प्रहरी चौकी कटिकटैयाको प्रहरी टोलीले पोखरीमा पसेर खोजी गर्दा उनलाई मृत भेटाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकास विष्टले जनाकारी दिए ।

घटना के कसरी भयो भन्ने सम्बन्धमा प्रारम्भिक अनुसन्धान थालिएको महोत्तरी प्रहरीले जनाएको छ । मृतक यादवको जिल्ला अस्पताल जलेश्वरमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको विष्टले बताए ।

प्रकाशित : पुस २०, २०७८ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?