कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्व वैज्ञानिक सम्मेलनमा नेपाली युवा

जनकपुर — जनकपुरका युवा आशिष रौनियार विश्व युवा वैज्ञानिकको सम्मेलनका लागि छनोटमा परेका छन् । सन् २०२० को जनवरी १४ देखि १७ सम्म सिंगापुरमा हुने सम्मेलनमा रौनियार सहभागी हुने भएका हुन् ।

विश्व वैज्ञानिक सम्मेलनमा नेपाली युवा

नर्वेको ओस्लो मेट्रोपोलिटियन युनिभर्सिटीमा कम्प्युटर साइन्समा अध्ययनरत रौनियारले सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्नेछन् । सम्मेलनमा रौनियारले कम्प्युटर साइन्सका नवीनतम् प्रयोगबारे आफ्नो प्रस्तुति दिनेछन् । सन् २०१३ मा सुरु भएको सम्मेलनले नवीनतम् सोच, फरकपन र प्रविधिलाई एकैथलोमा राखेर युवा वैज्ञानिकहरूबीच विमर्श गराउँछ । विश्वका करिब २ सय युवा वैज्ञानिक सहभागी हुने सम्मेलनमा कम्प्युटर साइन्स, इन्जिनियरिङ, भौतिकशास्त्र, रसायन विज्ञान, जीव विज्ञान र गणितका विभिन्न आयामबारे छलफल हुनेछ । कम्प्युटर साइन्समा राम्रो दख्खल राखेकै कारण रौनियारलाई सम्मेलनमा छनोट गरिएको उनी अध्ययनरत युनिभर्सिटीको वेबसाइटमा उल्लेख छ ।


बिर्सिने समस्या भएका व्यक्तिलाई स्मरण गराउन रौनियारले अविष्कार गरेको स्मार्ट वाच प्रविधि सन् २०१७ को युरोपियन सेटेलाइट न्याभिगेसन प्रतियोगितामा उत्कृष्ट भएको थियो । सन् २०१८ मा अस्ट्रेलियाको सिड्नीमा आयोजित २८ औं अन्तर्राष्ट्रिय दूरसञ्चार सञ्जाल तथा एप्स सम्मेलनमा उनी प्रथम भएका थिए । ‘छोराले देशकै नाम उचो राख्ने काम गरेको छ,’ रौनियारका बुबा अशोकले कान्तिपुरसँग भने ।

प्रकाशित : मंसिर २७, २०७६ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?