१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

लुटेरा पक्राउ 

ओमप्रकाश ठाकुर

सर्लाही — प्रहरीले बुधबार राति एक लुटेरालाई पक्राउ गरेको छ । दुईवटा मोटरसाईकलमा ६ जनाको समूहमा रहेका लुटेराहरु मध्ये पाँचजना फरार छन् । सर्वसाधारणलाई लुटपाट गरिरहेको अवस्थामा कविलासी नगरपालिका–५ रनियाँ स्थित नहरको बाटो जाँदै गर्दा प्रहरीले लुटेरलाई पक्राउ गरेको हो ।

लुटेरा पक्राउ 

बसवरिया गाउँपालिका–४ धनगढा गोनरवाका १९ वर्षीय रोहितकुमार साहलाई पक्राउ गरेको हो । मोटरसाइकलमा जाँदै गरेको स्थानीय बेचु महतोलाई हातपात गर्दै मोबाइल र नगद लुट्ने क्रममा साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


लुटेराहरु दुईवटा भारतीय नम्बरको मोटरसाइकलमा थिए । बीआर ३० भी ८३०७ नम्बरको पल्सर मोटरसाइकलमा सवार साह सहित अन्य दुईजनाले लुटपाट गरिरहँदा बीआर ३० यु ०७५९ होण्डा साइनमा सवार तीनजनाले प्रहरीलाई सुराकी दिएका थिए ।

अचानक प्रहरीको टोली घटनास्थल आइपुग्दा साह भाग्न सकेनन् । उनीसँगै रहेका अन्य पाँचजना भने फरार भए । प्रहरीले साह सहित दुइवटै मोटरसाइकल बारमद गरेको छ ।

लुटपाटको घटनामा पक्राउ परेका साहलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न अन्य पाँचजना लुटेराको खोजी भइरहेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए ।

प्रकाशित : माघ २, २०७६ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?