कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपचार पर्खिंदै मलद्वार नभएका बालक

पर्सा — आर्थिक अभावका कारण अभिभावकले उपचार गराउन नसक्दा यहाँको जन्मजात मलद्वार नभएको ८ महिने बालकले कष्टकर जीवन विताउनु परेको छ । प्रसौनी गाउँपालिका १ का ओजिर अंसारीका छोरा साहेव अन्सारीले पीडा भोगिरहेका हुन् । बालकको पेटको देब्रे भागमा चिकित्सकले शल्यक्रिया गरी ठूलो आन्द्रा निकालेका छन् । उनले त्यही ठूलो आन्द्राबाट मलत्याग गर्ने गरेका छन् । 

खुल्ला रहेको आन्द्राको मुखका कारण बालकलाई पीडा हुने र उनी रोइरहने गरेको आमा जैनव खातुन बताउँछिन् । जैनवका ४ सन्तानमध्ये साहेव कान्छा हुन् । वीरगन्जको नारायणी अस्पतालमा जन्मिएका साहेवको जन्मदै मलद्वार नभएको यकिन भए लगत्तै अस्पतालका चिकित्सकले तत्कालै शल्यक्रियाबाट उनको पेटको देब्रे भागमा ठूलो आन्द्राको मुख काटेर पेट बाहिर निकालेका हुन् । अब मलद्वारको शल्यक्रिया गरी सामान्य बनाउन कोलोस्टोमी शल्यक्रिया आवश्यक हुन्छ ।


वीरगन्जकै नेशनल मेडिकल कलेजमा यो शल्यक्रिया गर्न ३ लाख रुपैयाँ माग गरिएको र त्यति रकम आफूहरूँंग नरहेकाले छोराको उपचार गर्न असमर्थ रहेको जैनव बताउछिन् । ‘पति घर बनाउने मजदुरको काम गर्नु हुन्छ, म चार वटा ससाना नानी स्याहारेर बसेकी छु,’ उनले भनिन्, ‘यति ठूलो रकम हामीले कहाँबाट ल्याउने ?’


साहेव जन्मिदा पनि उनको शल्यक्रियामा त्यतिबेला खर्च भएको करीब ४० हजार रुपैयाँ चन्दाबाट संकलन गरी अस्पतालमा बुझाएको जैनवले बताइन् । आफ्नो घरसमेत नभएको यो परिवार छिमेकीले दिएको आश्रयस्थलमा कष्टकर रुपमा बस्दै आएकाछन् । शारीरिक पीडाको कारण बालकले राम्रोसँग खानासमेत नखाने भएकाले उनी कुपोषित जस्ता देखिन्छन् । टाउको ठूलो र शरीर पातलो रहेको बालकलाई हाल अभिभावकले न्यानो कपडासमेत लगाई दिन सकेका छैनन् ।


सामाजिक अभियन्ता प्रकाश थारु गरिबीको कारण पिडामा रहेका अभिभावकले बालकको उपचार गराउन सक्ने अवस्था नरहेको बताए । ‘बालकको अवस्था नाजुक छ,’ उनले भने, ‘बालबालिकाको हकहितको क्षेत्रमा कार्यरत संघसंस्थाले सहयोगी हात अघि बढाउन जरुरी छ ।’


प्रकाशित : मंसिर २७, २०७६ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?