कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अहेबले गरेको ठगी अनुसन्धानमा

रौतहट — बलात्कार आरोपमा पक्राउ परेका यहाँका एक अहेबले खोलेको क्लिनिक अवैध भएको खुलेको छ । सदरमुकाम गौरमा रहेको रवि डेन्टल क्लिनिक अवैध भएको पाइएको हो । अहेब भए पनि ‘एमडीएस डाक्टर’ बोर्डमा लेखेर बिरामी ठगेको पाइएको प्रहरीले जनाएको छ । 

चितवनबाट रौतहटको सदरमुकाम गौर घुम्न आएकी ३० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा यमुनामाई नगरपालिकाको हेल्थपोस्टमा कार्यरत अहेब सुधीरकुमार सिंह पक्राउ परेका थिए । उनले गौरमा सञ्चालन गरेको डेन्टल क्लिनिक अवैध भएको खुलेको हो । बलात्कार आरोपमा पक्राउ परेपछि जबर्जस्ती करणीको मुद्दा चलाई अनुसन्धान गर्ने क्रममा सिंहले अनधिकृत रूपमा डाक्टर लेखेर अवैध क्लिनिक सञ्चालन गरेको प्रहरीले फेला पारेको हो । बोर्डमा डा. सुधीरकुमार सिंह बीडीएस दरभंगा, एमडीएस फिलिपिन्स लेखेको पाइएको प्रहरीले जनाएको छ । सिंहले बिरामीलाई औषधि लेख्ने गरेको पुर्जीमा पनि डा. सुधीर, डेन्टल सर्जन दरभंगा लेखेका छन् ।


‘अहेबले आफूलाई डाक्टर भनेर क्लिनिक चलाएको भेटियो,’ डीएसपी नवीन कार्कीले भने, ‘सिंहले लेखेका डिग्री सबै नक्कली भएको खुलेको छ । थप अनुसन्धान हुँदै छ ।’ आफूलाई चरम यातना दिएर बलात्कार गरेको भन्दै महिलाले सिंहविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो । उक्त मुद्दा अघि बढाउन अनुसन्धान थालेपछि उनले बिरामीलाई ठगी गरिरहेको फेला परेको हो । सिंहले सात वर्षदेखि बिरामी ठग्दै आएको खुलेको छ ।

प्रकाशित : मंसिर २६, २०७६ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?