कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन्यजन्तुद्वारा बाली नष्ट

(पर्सा) — खेतमा पाकेको धान बाली भित्र्याउन ढिलो भएपछि सखुवाप्रसौनी हात्तीपालिका १ शितपुरकी किसान पवित्रा भुजेलको चिन्ता बढेको छ । 


हात्ती, घोड्गधा, बँदेल जस्ता वन्यजन्तु जत्तिबेला पनि हात्ती पसेर बाली नष्ट पार्न सक्ने भएकाले उनलाई बालीको चिन्ता छ । ‘केही दिन यता हात्ती पल्किएको छ, कत्ति खेर हात्ती आएर बाली नष्ट गर्छ भन्ने चिन्ता छ,’ उनले भनिन्, ‘मजदुर नपाउँदा बाली काट्न ढिलो हुन्छ, बाली नष्ट होला भन्ने पिरले रातभरी निन्द्रा लाग्दैन ।’


स्थानीय किसान पन्नालाल उरावको पनि यस्तै पिडा छ । खेतमा फुलेको तोरीबारी जोहात्तीन उनलाई हम्मेहम्मे छ । घोड्गधा आएर तोरीबारी नष्ट गर्ने चिन्ताले उनी प्राय: बाली रुङ्गन गइरहन्छन् । ‘के गर्ने दु:खजिलो गरी हुर्काएको बाली नष्ट हुन दिन भएन,’ उनले भने, ‘हाम्रो नियति नै यस्तै छ, बर्षेनी आफ्नै बालीनाली जोगाउन सधैंभरी एक जना कुरुवा बस्नैपर्छ ।’


नजिकको राष्ट्रिय वनबाट आउने बँदेल, हात्ती, घोड्गधा, चित्तल जस्ता जंगली जनावरले बाली खाएर सखाप पार्ने गरेकाले यस भेगका शितपुर, अकुवनियाका बासिन्दा आजित भएकाछन् ।


उरावले साँझसम्म खेतमा सुरक्षित बाली बिहानपख बदेलले सखाप पारी सक्ने बताए । बदेलले मकैको स्वाद बढी मनपराउने हुँदा बर्षेनी आफूहरूले मकै बालीमा पनि ठूलो क्षति व्यहोर्नु परेको बताए । आफूहरूले वर्षौंदेखि बालीनालीको नोक्सानी खेप्नु परेको तर कुनै निकायबाट वन्यजन्तु नियन्त्रण र किसानलाई क्षतिपूर्ति दिने व्यवस्था नभएको उनले गुनासो गरे ।


विगतमा देखा नपरेका घोडगधा केही वर्ष यता ठूलो संख्यामा आइरहेको उराव बताउँछन् । ‘वन्यजन्तु हो, हामीले चलाउन भएन, कडा कानुन लाग्छ,’ उनले भने, ‘तर वन्यजन्तुबाट क्षति हुने बालीनालीको क्षतिपूर्ति हामीले कहिल्यै पाउँदैन ।’


प्रकाशित : मंसिर २२, २०७६ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?