कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट ५ किशोरको उद्धार

श्यामसुन्दर शशि

जनकपुर — लामो समयदेखि भारत दरभंगास्थित बालगृहमा बस्दै आएका ५ किशोरलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । शुक्रबार राती दरभंगाबाट उद्धार गरिएका ती किशोरहरुलाई शनिबार जनकपुर अभिभावकको जिम्मा लगाइएको हो । उद्धार गरी ल्याइएका किशोरहरु ११ देखि १६ वर्षका छन् । 

भारतबाट ५ किशोरको उद्धार

उद्धार गरिएकाहरुमा बारा जिल्ला कलैया नगरपालिका–७ बरैबा टोल बस्ने ११ वर्षीय सुमित दास, बारा जिल्ला महागढीमाई नगरपालिक–१० गंजभवानीपुर बस्ने १४ वर्षीय इन्ताज हवारी, सर्लाही जिल्ला चक्रघटा गाउँपालिका–६ गोइयाही बस्ने १५ वर्षीय दीपेशकुमार यादव, सोही ठाउँ बस्ने १६ वर्षीय कृष्ण कुमार तथा महोत्तरी समसी गाउँपालिका–२ पर्सा बस्ने १६ वर्षीय शेख नेमतुल्ला रहेका छन् ।

घर परिवारलाई थाहै नदिई भागेका किशोरहरुमध्ये अधिकांश दिल्ली, मुम्बई तथा पञ्जाब जाँदै गरेका बेला भारतीय सुरक्षाकर्मीले उनीहरुलाई नियन्त्रणमा लिई बालगृहमा राखेका थिए । उनीहरुमध्ये केही ९ महिनादेखि भारतको बालगृहमा बस्दै आएका थिए ।

दरभंगा बालगृहले दिएको सूचना अनुसार ती किशोरहरुका अभिभावकसँग सम्पर्क गरी स्वदेश फिर्ता ल्याउन ग्रोइङ नेपाल फाउण्डेशनले पहल गरेको थियो ।

प्रकाशित : मंसिर २१, २०७६ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?