कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कल्याणपुर–१२ मा नेकपा विजयी

भरत जर्घामगर

(सिरहा) — कल्याणपुर नगरपालिका–१२ को वडाध्यक्षमा नेकपाका दिलिपकुमार यादव विजयी भएका छन् । यादवले ८ सय २५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी राजपाका उम्मेदवार प्रदिपकुमार महतोले ६ सय ५४, कांग्रेसका राजकुमार मुखियाले ६ सय १५ मत प्राप्त गरेका छन् । 

कल्याणपुर–१२ मा नेकपा विजयी

३ हजार ४ सय ५० मतदाता रहेको सो वडामा २ हजार ४ सय ८० मत खसेको थियो । उपनिर्वाचनमा ५ स्वतन्त्रसहित १३ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।


कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामदेव यादवको २०७५ वैशाख १८ गते मृत्यु भएपछि शनिबार उपनिर्वाचन भएको थियो ।


प्रकाशित : मंसिर १५, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?