ट्रयाक्टरको ठक्करले बारामा १ को मृत्यु
सिमरा — हुलाकी राजमार्गअन्तर्गत कलैया–वीरगन्ज सडक खण्डको कलैया उपमहानगरपालिका २३ कोइरिया टोल नजिकै बिहीबार बिहान ट्रयाक्टरको ठक्करबाट १ युवकको मृत्यु भएको छ ।
वीरगन्जबाट कलैयातर्फ आउँदै गरेको ना ३ प ५१३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाको ना ७ त २६६ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका ३ भवानीपुर निवासी २६ वर्षीय विनोद साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रंजितसिंह राठौरका अनुसार ठक्करबाट साहको घटनास्थलमै मृत्यु भएको हो । शव परीक्षणका लागि कलैया अस्पतालमा राखिएको छ ।
ठक्कर दिने ट्रयाक्टर चालक फरार रहेकोले खोजी थालिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न ट्रयाक्टर र मोटरसाइकल जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा छ ।
प्रकाशित : कार्तिक २८, २०७६ १२:५१प्रतिक्रिया