पवन यादव

उखु अनुदानको रकममा ढिलाइ

चिनी मिललाई उखु बेचेको झन्डै वर्ष दिन हुन लाग्यो । मिल सञ्चालन हुने अर्को सिजन पनि नजिकिँदैछ । चाडपर्व मुखैमा छन् । तर, उखु उत्पादक किसानले अहिलेसम्म बाराको श्रीपुरस्थित रिलायन्स सुगर एन्ड केमिकल इन्डस्ट्रिजलाई बिक्री गरेको उखुको आधा भुक्तानी बाँकी नै छ ।

चन्द समूहका जिल्ला सचिव पक्राउ

नेत्रविक्रम चन्दले नेतृत्वको नेकपाका बारा जिल्ला सचिव अतिश मिश्रा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले खोजतलासको क्रममा राजन गिरी उपनामका वीरगंज महानगरपालिका १३ निवासी मिश्रालाई पक्राउ गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

मोतिहारी–अमलेखगन्ज पाइपलाइनको उद्घा‌टन (तस्बिरहरु)

मोतिहारी–अमलेखगन्ज पाइपलाइनको मंगलबार नेपाल र भारतको प्रधानमन्त्रीद्वयले भिडियो कन्फरेन्स मार्फत स्वीच थिचेर उद्घाटन गरेका छन् । भारतीय समय १२ बजे स्वीच थिचेर उद्घाटन गरिएको पाइपलाइन मार्फत् अमलेखगन्ज डिपोमा नेपाली समय १२ बजेर २० मिनेटमा तेल झरेको थियो ।

हावाहुरी पीडितलाई घर हस्तान्तरण

बारामा आएको हावाहुरीपछि विस्थापित बनेका पीडितहरुलाई घर हस्तान्तरण गरिएको छ । नेपाली सेनाको आवास पुनर्निर्माण कार्यदलले निर्माण कार्य पुरा गरेको ८ सय ६९ जनाको घर बुधबार हस्तान्तरण गरिएको हो । सेनाले झन्डै एक सय एक दिन लगाएर पीडितहरुको लागि उक्त संख्यामा २ कोठा, एउटा शौचालय र बरण्डा भएको व्यवस्थित घर निर्माण गरेको छ ।

पाइपबाट आयो हजार किलोलिटर डिजेल

मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट शुक्रबार परीक्षणका क्रममा १ हजार किलोलिटर डिजेल भित्रिएको छ । परीक्षणका क्रममा भारतको पटनाबाट पाइपमा बुधबार पानी र डिजेल सँगसँगै जसो छाडिएको थियो । पानी शुक्रबार बिहान अढाइ बजे र डिजेल ६ बजे अमलेखगन्ज डिपोमा आइपुगेको हो । 

पवन यादवका लेखहरु :

बाराका विभिन्न स्थान डुबानमा

विगत ५ दिनदेखिको निरन्तर झरी र मुसलधारे वर्षाका कारण बारा जिल्लाको विभिन्न स्थानमा घर र सडक डुबानमा परेका छन् ।बर्षाको पानीले जितपुर सिमरा उपमहानगरपालिका १८ बडहरवामा आधा दर्जन बढी घरहरू डुबानमा परेका छन् । 

स्थानीय तहमा हाकाहाकी घुस, बारामा घुससहित ३ पक्राउ

सेवाग्राहीबाट घुस लिएको रकमसहित बाराको पचरौता नगरपालिकाका एक ईन्जिनियर र एक नासुसहित ३ जना कर्मचारीलाई मंगलबार अख्तियारको टोलीले पक्राउ गरेको छ ।

पेट्रोलियम पाइप लाइन : अगस्तबाट तेल भित्र्याउने तयारी

मोतीहारी–अमलेखगन्ज पाइप लाइनबाट अगस्तदेखि तेल भित्र्याउने गरी तयारी थालिएको छ । पाइप लाइनको पहिलो चरणअन्तर्गत पाइप गाड्ने, मुख्य लाइन टेस्टिङ, पाइप क्लिनिङलगायत काम सकिएको छ । अहिले तेल ल्याउन टेस्टिङको तयारी भइरहेको नेपाल आयल निगमका निर्देशक वीरेन्द्र गोइतले जानकारी दिए । ‘अटोमेटिक उपकरण सञ्चालन गर्न गाडिएको केबल टेस्टिङको काम भइरहेको छ,’ उनले भने ।

घर माग्दै हुरीपीडितको प्रदर्शन

गर्मीले बारा, पर्सा, रौतहटलगायत तराईका जिल्लाका सर्वसाधारण आक्रान्त छन् । घर हुनेभन्दा नहुनेलाई गर्मीले अझ बढी समस्यामा पारेको छ । हावाहुरीले घरबारविहीन बनेका पीडितलाई टेन्टको बासले टिकिखानु छैन ।

जडीबुटी खेती गर्न जथाभावी वन फँडानी

बाराको जितपुर सिमरा उपमहानगरपालिका १७ लामीडाँडा वन क्षेत्रको जग्गा ट्रेक्टरले सोमबार सम्याइँदै थियो । बिहानैदेखि वनको जग्गामा जडीबुटी खेती गर्न ‘नेचुरल रिसोर्स इन्डस्ट्रिज’ का कर्मचारीले खेतलाई मलजल गर्न कम्पनीकै ट्रेक्टर र स्थानीय मजदुरलाई खटाएका थिए ।