कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीके राउतको पार्टीबाट पहिलोपटक उम्मेदवारी

रासस

जलेश्वर — निर्वाचन प्रक्रियामा पहिलोपटक होमिएको सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवारी दिएको छ । 

सीके राउतको पार्टीबाट पहिलोपटक उम्मेदवारी

पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएकी हुन् ।


पिपरा गाउँपालिका–५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले अध्यक्ष पदमा उम्मेदवारी दिएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले बताए ।


उम्मेदवार मण्डल सो पार्टीको तर्फबाट ‘लाउडस्पिकर’ छाप लिएर चुनावी मैदानमा उत्रिएकी हुन् ।

पहिलो पटक पार्टी चुनावमा आएको र केही अलग गर्ने उद्देश्य रहेको बताउँदै उम्मेदवार मण्डलले आफ्नो पार्टीले चुनाव जित्ने जिकिर गरिन् ।

प्रकाशित : कार्तिक २७, २०७६ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?