कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छात्रावासमा बलात्कार

कान्तिपुर संवाददाता

धनुषा — धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबर एकेडमी बोर्डिङ स्कुलका शिक्षकले २ जना छात्रालाई जबरजस्ती गरेको खुलेको छ । कक्षा १ मा अध्ययनरत ७ वर्षीया र कक्षा ३ मा अध्ययनरत ९ वर्षीया बालिकामाथि ४३ वर्षीय शिक्षक टेकेन्द्र दाहालले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

दसैं अघिदेखि मिनी बोडर्समा पढ्दै गरेका दुवै बालिकालाई दाहालले करणी गरेको प्रहरीले जनाएको छ । परिवारसहित बोडर्समै बस्दै आएका शिक्षक दाहालले पत्नी बाहिर गएका बेला दुवै बालिकालाई पटक–पटक करणी गरेको जनाइएको छ ।


घटना सार्वजनिक भएपछि गत असोज २८ गते शिक्षक दाहाललाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको प्रहरी निरीक्षक रामकुमार यादवले बताए ।


कसैलाई भने ज्यान मारदिने धम्की दिँदै आएका कारण पीडित बालिकाहरूले घटना गोप्य राखेका थिए । छात्राले अभिभावकलाई गुनासो सुनाएपछि स्थानीय केही व्यक्तिले शिक्षक दाहाललाई कुटपिट गरेका थिए ।


प्रहरी निरीक्षक यादवका अनुसार पीडित बालिका र शिक्षक दाहालको जनकपुर अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर अनुसन्धान भइरहेको छ ।

प्रकाशित : कार्तिक २, २०७६ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?