मैत्री बसमा लागूऔषध

कान्तिपुर संवाददाता

पर्सा — पर्यटक बोक्न सञ्चालित नेपाल–भारत मैत्री बसमा लागुऔषध भेटिएको छ । सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध मैत्री बसबाट बरामद गरेको हो । 

सशस्त्र प्रहरीको वीरगन्ज भन्सार राजस्व गुल्मले बुधबार राति भन्सारको मूल गेट ढाटबाट लागुऔषध बेवारिशे अवस्थामा बरामद गरेको छ । भारतबाट राति करीब साढे १० बजे नेपाल प्रवेश गरेको बा ४ ख २३९९ नम्बरको बसबाट चेकजाँचको क्रममा १/१ हजार गोटा डाइजोपाम, नोफिन र फेनारगन बरामद भएको हो । गुल्मपति डिएसपि अमरबहादुर खत्रीका अनुसार, काठमाडौं–पटना–बोधगया चल्ने उक्त बस भन्सार अगाडी रोकिएको थियो ।


‘२ जना तेश्रो मुलुकका पर्यंटक अध्यागमन प्रकृयाका लागि कार्यालय पुगेका बेला बसको भित्र चढी चेकजाच गरेका थियौं,’ उनले भने, ‘त्यस क्रममा यात्रु बस्ने सिट माथिको लगेज राख्ने र्‍याकबाट झोलामा राखिएको अवस्थामा ती औषधि बरामद भएका हुन् ।’ बसका यात्रुले उक्त झोला आफ्नो भनी स्वीकार नगरेको उनले बताए । भारतको बोधगयास्थित प्रसिद्ध बौद्ध धार्मिकस्थलसम्म एक–अर्का मुलुक तथा तेश्रो मुलुकका तिर्थालुलाई आवागमन गराउने उद्देश्यले बस स ञ्चालन गरिएको हो । पर्यटक बोक्ने मैत्री बसमा लागुऔषध तस्करी होला भनेर हामीले सुरुमा पत्याउनै सकेनौं,’ उनले भने ।

प्रकाशित : कार्तिक १, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?