कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायब निरीक्षक (सई) सहित चार जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । दुई खरिदार घूससहित पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभाग थलीका सई विपिनचन्द्र पन्त, पर्साको साविक श्रीसिया नौतज गाविसका तत्कालीन सचिवद्वय जितेन्द्रकुमार मिश्र र सत्यदेवप्रसाद हजाम तथा उपभोक्ता समितिका अध्यक्ष विनोद साह गोढविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

सई पन्तले गाडी दुर्घटना मुद्दामा मिलापत्र गरिदिएबापत सेवाग्राहीबाट ५ हजार रुपैयाँ घूस लिएको अख्तियारले जनाएको छ । अख्तियारका अनुसार मिश्र, हजाम र गोढले कामै नगरी सडकमा माटो पुरेर ग्राभेलिङ गरेको भनी ४ लाख रुपैयाँ हिनामिना गरेका थिए ।


अख्तियारले कपिलवस्तुको भूमिसुधार तथा मालपोत कार्यालयका खरिदारद्वय सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरीलाई सेवाग्राहीसँग लिएको ६ हजार रुपैयाँसहित मिश्र र चौधरी पक्राउ परेका हुन् ।

प्रकाशित : आश्विन ३०, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?