जनकपुरमा संविधानको विरोधमा प्रदर्शन

सन्तोष सिंह

धनुषा — राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले जनकपुरमा संविधान दिवसको विरोधमा प्रदर्शन गरेका छन् । राजपा नेता महन्थ ठाकुर, राष्ट्रियसभा सदस्य वृषेशचन्द्रलाल, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, प्रदेश सांसद, राजपाबाट निर्वाचित मेयर, उप-मेयरहरुले संविधान जारी भएको दिन असोज ३ गते कालो दिनको रुपमा ब्याख्या गरेका छन् ।

ZenTravel


जनकपुरको जनकचोकबाट सुरु भएको र्‍याली नगर परिक्रमा गर्दै जनकचोकमा कोण सभा गरी सकिएको थियो। कोणसभा सम्बोधन गर्ने नेताहरुले साँझ बत्ती नबाली ब्ल्याक आउट गर्न व्यापारीसँग आग्रह गरे।

Meroghar


प्रदेश २ का भौतिक पूर्वाधर विकास मन्त्री जितेन्द्र सोनलले संविधान संशोधन नभएसम्म आसोज ३ गते मधेसमा कालो दिनकै रुपमा संविधानको विरोध गर्ने बताए।



प्रकाशित : आश्विन ३, २०७६ १८:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जानकी मन्दिरमा बमको हल्ला

सन्तोष सिंह

धनुषा — जानकी मन्दिरमा सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएको छ । मन्दिरमा बम राखिएको सूचनापछि प्रवेशमा रोक लगाइएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।


शुक्रबार दिउँसो मन्दिरमा विस्फोटक पदार्थ रहेको सूचना प्रहरीलाई प्राप्त भएपछि मन्दिर पव्रवेशमा रोक लगाइएको हो, खनालले भने,‘सूचना लगतै मन्दिर परिसर नियन्त्रणमा लिएर चेक जाच गरिएको छ।’ प्रहरीले विस्फोटक पदार्थ पता लगाउन कुकुर समेत परिचालन गरेको थियो। करिब २ घण्टासम्म मन्दिर प्रवेशमा रोक लगाइएको खनालले बताए।

मन्दिरमा बम राखिएको बारे प्रहरीलाई फोन मार्फत सूचना आएको थियो। मन्दिर प्रवेशमा रोक लगाएर विस्फोटक पदार्थको खोजी भइरहँदा बजार क्षेत्रमा सादा पोसाकमा प्रहरी खटिएका थिए।

मन्दिरमा बम राखिएको अपवाहले आसपासका व्यवसायी र स्थानीय त्रसित भएका छन्। पर्यटकको भिडभाड रहने जानकी मन्दिरमा बम राखिएको विषयलाई प्रहरीले गम्भिरताका साथ लिएर निगरानी बढाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित : आश्विन ३, २०७६ १५:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×