कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कारीलाई जीवितरहेसम्म कैद

सन्तोष सिंह

(धनुषा) — जिल्ला अदालतले जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा आजीवन करावासको फैसला सुनाएको छ । बालिका बलात्कार गरी हत्या गरेका २ जनालाई जीवितरहेसम्म कैदसहितको फैसला सुनाएको हो ।

धनुषाको औरही गाउँपालिका–२ परवाहाकी १० वर्षीया मोनिका कुमारीलाई बलात्कार गरी हत्या गरेका स्थानीय ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई आजीवन करावाससहितको फैसला अदालतले सुनाएको हो ।

जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा मुखिया र पण्डितलाई जीवितरहेसम्म कैद गर्न फैसला गरेको सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता शान्ति बरालले जानकारी दिए ।


२०७५ भदौदेखि लागू भएको नयाँ संहिताअनुसार धनुषामा पहिलो पटक जिल्ला सरकारी वकिल कार्यालयले संहिताको दफा २१९ को उप दफा (१), (२) र (३) (क) र ऐ संहिताको दफा ४१ को (क) र (च) मुलुकी फौजदारी कार्यविधि (संहिता) अनुसार आजीवन कारवास माग गर्दै दर्ता गराएको अभियोगमा अदातले फैसला गरेको बरालले बताए ।


संहिताको ४१ को (क) मा क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको र (च) मा जबरजस्ती करणी गरी ज्यान मारेको कसुर गर्ने कसुरदारलाई जन्मकैदको सजाय गर्दा त्यस्तो कसुरदारलाई जीवित रहेसम्म कैद गर्ने व्यवस्था छ ।

सहायक न्यायाधिवक्ता बरालले नेपालमा पहिलोपटक अजीवन करावास माग दाबीसहित मुद्दा दर्ता गरिएको बताए । उनका अनुसार बालिकालाई दुवैजनाले सामूहिक बलात्कार गरी मारेको र नमर्ने डरले फेसर माटोमा टाउको गाडेर मारेका कारण पीडितलाई क्षतिपूर्ति सहित दुवैजनालाई आजीवन कारावास माग गरिएको थियो । मेडिकल रिपोर्टले बलात्कार भएको बालिकाको श्वास नलीमा हिलो गएर अड्किँदा स्वासप्रस्वास अवरुद्ध भएर मृत्यु भएको जनाएको छ ।


घर अगाडि दसैंमा लागेको दुर्गा मेलामा आयोजित नाटक हेर्न गएकी बालिकालाई १० रुपैयाँको प्रलोभन देखाएर दुवै जनाले ०७५ असोज २६ राति गाउँभन्दा बाहिर लगेर बलात्कार गरी पोल खुल्ने डरले हत्या गरेका थिए । बालिकाको धान खेतको हिलोमा गाडिएको नग्न अवस्थामा शव फेला परेको थियो ।


प्रहरीले अनुसनधानका क्रममा सोधखोज गर्दै जाँदा प्रलोभन दिने व्यक्तिको पहिचान भएको थियो । राति घर अगाडि खेल्दै गरेकी मोनिकाकी साथी ६ वर्षीया अमृता कुमारी मण्डलले उनीहरूको पहिचान गरेकी थिइन् ।


प्रकाशित : आश्विन ३, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?