कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

झन्डा विवादले रौतहटमा फेरि झडप, ८ राउन्ड हवाइ फायर

शिव पुरी

रौतहट — जिल्लाको राजपुर ६ स्थित कुडिया गाउँमा बिहीबार पनि प्रहरी र स्थानीयबीच झडप भएको छ । मुस्लिम समुदायको मुहरम पर्वका बेला गाडिएको झन्डा बिहीबार बिहान हटाइएपछि दुई पक्षबीच झण्डै ३ घण्टा झडप भएको हो । झडपमा प्रहरी र केही स्थानीय घाइते भएका छन् । प्रहरीले २३ सेल अश्रुग्यास र ८ राउण्ड गोली हवाई फायर गरेको छ । 

झन्डा विवादले रौतहटमा फेरि झडप, ८ राउन्ड हवाइ फायर

मुस्लिम समुदायको मुहरम पर्व सकिएर नजिकको कुडिया खोलामा झन्डा गाडेपछि विवाद सुरु भएको हो । यो नदीमा हिन्दुहरुले छठपर्व मनाउँदै आएका छन् । त्यहाँ श्री सप्ताह मूर्ति बनाइएको छ ।


विवाद मिलाउन स्थानीय प्रहरी प्रशासनले बिहीबार बिहान मुस्लिम अगुवाहरुसित गाउँमै छलफल गरेको थियो । त्यसपछि राजपुरका मेयर मोहम्मद सकिल र केही वडाध्यक्षहरुले सद्भाव कायम राख्न भन्दै आफै गई नदीबाट झन्डा हटाएका थिए । त्यसको केही समयपछि मुस्लिम यूवाहरुले झन्डा राख्ने प्रयास गरे । त्यस बेला प्रहरीसित झडप भएको हो । प्रदर्शनकारीले सुरक्षाकर्मीलाई ढुंगामुढा प्रहार गरेका थिए । प्रहरी र सशस्त्र प्रहरीका ५ जवान घाइते भएका छन् ।


जिल्ला प्रहरीका डिएसपी नवीन कार्कीसहितको टोलीलाई बिहानदेखि कुडिया क्षेत्रमा तैनाथ गरिएको एसपी भूपेन्द्र खत्रीले बताए ।


प्रमुख जिल्ला अधिकारी किरण थापाले सद्‌भाव कायम राख्न सबैमा आग्रह गरे ।

प्रकाशित : भाद्र २६, २०७६ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?