कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरुवा बन्दुक बरामद

रवीन्द्र उप्रेती

महोत्तरी — सशस्त्र प्रहरीले महोत्तरीको बर्दिवास नगरपालिका–८ स्थित सतखोलीको जंगलबाट भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र बेस क्याम्प रामनगरबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा  मंगलबार साँझ लोडेड अवस्थाको भरुवा बन्दुक फेला पारेको हो । 

भरुवा बन्दुक बरामद

सशस्त्रले गस्ती टोलीले एम्बुस थापेको अवस्थामा उक्त बन्दुक फेला परेको जनाएको छ । क्याम्पसका सशस्त्र प्रहरी निरीक्षक हरीत बडुवालका अनुसार बाँसको भर्‍याङमा बन्दुकको ‘ट्रिगर’ मा डोरीले बाँधी अर्को तर्फको बुट्यानमा अड्काएर पासो थापिएको अवस्थामा बन्दुक भेटिएको थियो ।


रातको समयमा वन्यजन्तु आवागमन गर्दा ‘ट्रिगर’ को डोरीमा अल्झेपछि बन्दुक पडकने र सिकार फस्ने गरी पासो थापिएको उनले बताए ।

सशस्त्रले कानूनी प्रक्रिया पुरा गरी बन्दुक राति नै गौशालास्थित ईलाका प्रहरी कार्यालयमा बुझाएको छ ।

प्रकाशित : भाद्र २५, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?