रवीन्द्र उप्रेती

घूस रकमसहित असई पक्राउ

यहाँका एक प्रहरी सहायक निरीक्षक (असई) घूस रकमसहित अख्तियारको फन्दामा परेका छन् । गौशाला नपा ४ कठधारस्थित अस्थायी प्रहरी चौकीका असई बृजेशप्रसाद चौधरी १३ हजार घूस रकमसहित चौकीबाटै बिहीबार पक्राउ परेका हुन् ।

गाईका बथानसहित तस्कर नियन्त्रणमा

सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा बेसले ३ तस्करसहित भारततर्फ लाँदै गरेका ३९ चौपाया नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका बथानमा ३६ गाई र ३ बाच्छाबाच्छी छन् । 

सुस्तमनस्थिती भएकी युवतीको विभत्स हत्या, गाउँलेमा त्रास

गौशाला नगरपालिका–१० स्थित थापाटोलकी २२ वर्षिया गोरकी भनिने शर्मिला सिंह दनुवारको विभत्स हत्या भएको छ । जन्मजात सुस्तमनस्थितिकी शर्मिलाको शव बिहीबार बिहान गाउँदेखि पूर्व मडाहा खोलानजिक नत्थु आलेको बाँझो खेतमा फेला परेको प्रहरीले जनाएको छ । 

अदालतको आदेशपछि पनि चन्द समूहका इञ्चार्ज तथा सेक्रेटरीलाई प्रहरीले रिहा गरेन 

प्रतिबन्धित चन्द समूहका महोत्तरी इञ्चार्ज रुपबहादुर कार्की तथा सेक्रेटरी भीमबहादुर आलेलाई अदालत परिसरबाटै प्रहरीले पुन. पक्राउ गरेको छ । दुवैजनालाई महोत्तरी जिल्ला अदालतले बिहीबार साधारण तारेखमा छाड्ने आदेश दिए पनि हतकडीसमेत नखोली प्रहरीले पुन. पक्राउ गरेको हो । 

जितियामा लैंगिक समानता

तराई–मधेशका महिला जितिया मनाउन निराहार व्रत बसेका छन् । व्रतालुले शनिबार सूर्योदयपूर्व दिवंगत पितृको स्मरण एवं आराधना गरी घिरौलाको पातमा चढाएको दही–च्युरा, फलफूललगायतका प्रसाद सपरिवार ग्रहणपछि जितिया सुरु गरे । 

रवीन्द्र उप्रेतीका लेखहरु :

चन्द समूहका महोत्तरी सेक्रेटरी पक्राउ 

प्रतिबन्धित चन्द समूहका महोत्तरी सेक्रेटरी भीमबहादुर आले पक्राउ परेका छन् । प्रहरीले उनलाई गौशाला नगरपालिका–८ स्थित उनकै घरबाट बिहीबार पक्राउ गरेको हो । आलेलाई बिहीबार नै इलाका प्रहरी कार्यालय बर्दिबास पठाइएको छ । 

भरुवा बन्दुक बरामद

सशस्त्र प्रहरीले महोत्तरीको बर्दिवास नगरपालिका–८ स्थित सतखोलीको जंगलबाट भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र बेस क्याम्प रामनगरबाट खटिएको टोलीले गस्ती गर्ने क्रममा  मंगलबार साँझ लोडेड अवस्थाको भरुवा बन्दुक फेला पारेको हो । 

उखु खेतमा भट्टी

मदिरा उत्पादन र ओसारपसारविरुद्ध प्रहरीले विशेष अभियान चलाएर नियन्त्रण गर्न सुरु गरेपछि तस्करले शैली र स्वरूप फेर्दै लगेका छन् । भारतको विहारमा मदिरा प्रतिबन्ध लागेपछि सीमावर्ती नेपाली भूभागबाट तस्करी हुन थालेको छ ।

प्रदेशको आर्थिक सम्मुन्नतिमा होटल तथा पर्यटन उद्योग बलियो विकल्प  : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको आर्थिक सम्मुन्नतिमा होटल तथा पर्यटन उद्योग बलियो विकल्प हुने बताएका छन् । 

सेनाको गणनजिक महिलाको शव 

बर्दिवास ८ स्थित नेपाली सेनाको मध्यपूर्वी पृतनाअर्न्तगत कालीसिद्धि गण नजिक शनिबार बेवारिसे महिलाको शव फेला परेको छ । अन्दाजी ३५ वर्षकी ती महिला गणनजिकको सडकमा बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।