कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्तव्यस्त अञ्चल अस्पताल

जनकपुर — जनकपुर अञ्चल अस्पताललाई प्रदेश सरकारले प्रादेशिक बनाउने प्रक्रिया अगाडि बढाएको छ । प्रदेशको सुविधासम्पन्न अस्पताल बनाउन बजेट खर्चिएको अस्पतालको प्रयोगशाला (ल्याब)मा लापरबाही बढेको छ । रगत परीक्षण नै नगरी बिरामीलाई रिपोर्ट दिएको भेटिएको छ ।

अस्तव्यस्त अञ्चल अस्पताल

एउटै समयमा एउटै रगत र पिसाब स्याम्पलको दुई फरक रिपोर्टसमेत अञ्चल अस्पतालले दिएको खुलेको छ । जनकपुरका संजय साहले अस्पतालको ल्याबमा पिसाब परीक्षणको दुई फरक रिपोर्ट पाएको बताए । ‘स्याम्पल दिएको केही बेरमा रिपोर्ट लिन जाँदा रिपार्ट नभेटएपछि स्वास्थ्यकर्मीले आफ्नै मनले अर्को रिपोर्ट बनाएर दिए,’ साहले भने, ‘ल्याबभित्रै गएर आफूले खोज्दा फाइलमा जाँच भएको अर्कै रिर्पोट भेटियो ।’


यसअघि अञ्चल अस्पतालमा उपचार गराउन आएकी जनकपुरकी खुश्वु मिश्रको रगत परीक्षणको रिपोर्ट फरक दिइएको थियो । अञ्चल अस्पतालको रिपोर्टमा अप्रेसनका लागि रगत कम भएको देखाइयो भने ल्याबको रिपोर्टमा रगतको अवस्था ठिक भएको रिपोर्ट आयो । यस्ता फरक रिपोर्ट ल्याबले दिएको भएपनि अस्पतालले सुधार नगरेको स्थानीय कृष्ण यादवले बताए ।


अञ्चल अस्पतालको ल्याबमा सिकारु विद्यार्थीले भरिएको हुन्छ । ल्याबमा आएका सेवाग्रही भन्दा सिकारु विद्यार्थीको भिड हुन्छ । तर, यहाँ कार्यरत स्वास्थ्यकर्मी हुँदैनन् । प्रयोगशालको परीक्षण रिपोर्टमा विद्यार्थीले नै स्वास्थ्यकर्मीको नक्कली हस्ताक्षर गरिरहेका हुन्छन् ।


संवेदनशिल प्रयोगशालामा व्यापक लपारबाही हुँदा अञ्चल अस्पतालको विश्वसनियतामाथि प्रश्न उठ्‌् थालेको छ । यहाँ कार्यरत कतिपय ल्याबका कर्मचारी अस्पतालको डयुटी छोडेर आफनो निजी ल्याबमा बस्ने गरेका छन् ।

प्रकाशित : भाद्र २४, २०७६ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?