कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फलामको आयात उच्च

पर्सा — भारतबाट फलाम आयात हुने मुलुककै प्रमुख नाका सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट फलामको आयात पुनः उकालो लागेको छ । अघिल्लो वर्षदेखि यो नाकाबाट फलामको आयात घटेकोमा गत आवमा पुनः यसको आयात बढेको हो । 

बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांक अनुसार अघिल्लो आवमा यो नाका हुँदै ४४ अर्ब ६८ करोड ८३ लाख ६ हजार ६ सय २ रुपैयाँ बराबरको ७६ करोड २१ लाख ६४ हजार ४ सय ८९ किलो बिलेट, एच तथा सिआर सिट, क्वाइल, स्पन्ज आइरन लगायतका फलामजन्य वस्तु आयात भएको थियो । जसबाट ४ अर्ब ५१ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।


गत आवमा ५० अर्ब ४४ करोड ४ लाख ५ हजार ७ सय ६५ रुपैयाँ बराबरको ८२ करोड ८९ लाख किलो फलाम आयात भएको छ । जसबाट ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । चालु आवको साउन महिनामा पनि यो नाका हुँदै फलामको आयात उच्च रहेको छ । ७ अर्ब ५ करोड ५५ लाख ६२ हजार रुपैयाँ बराबरको ११ करोड ५२ लाख ४४ हजार किलो फलाम आयात भएको छ । जसबाट ७० करोड २४ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।


गत आवको साउन महिनामा यो नाका हुँदै ४ अर्ब ७७ करोड ९६ लाख रुपैयाँ बराबरको ७ करोड २४ लाख ८३ हजार किलो किलो फलाम आयात भएको थियो । जसबाट ४ अर्ब ८७ करोड रुपैया राजस्व संकलन भएको थियो ।

प्रकाशित : भाद्र २४, २०७६ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?