कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डाँका समूहद्वारा लुटपाट

महोत्तरी — मनरासिसवा नगरपालिका ३ सुनौलमा हतियारधारी डाँका समूहले दुई परिवारको घरबाट लाखौको धनमाल लुटेको छ । डाँकाको आक्रमणबाट एकजना घाइते छन् ।

डाँका समूहद्वारा लुटपाट

शुक्रबार राति ८/९ जनाको संख्यामा घरेलु हतियारसहित आएको समूहले परिवारलाई कब्जामा लिई लुटपाट गरेको पीडितले जनाएका छन् ।

डाँका समूहले सुरुमा रामलोचन राउतको घरमा प्रवेश गरी लुटपाट मच्चाएका थिए । प्रतिकारमा उत्रेका घरमूली राउतमाथि समूहले बञ्चरोले प्रहार गर्दा उनको बयाँ खुट्टामा गहिरो घाउ लागेको छ ।


लगत्तै छिमेकी सियारामशरण राउतको घरमा लुटपाट मच्चाएका थिए । गाउँलेहरु प्रतिकारमा उत्रेको भेउ पाएर समूह धनमाल लिएर भागेको प्रत्यक्षदर्शीले जनाए ।

स्थानीय देवेन्द्र यादवका अनुसार १५/२० मिनेटभित्रै समूह लुटपाट गरेर भागिसकेको थियो । २ लाख ५० हजार नगद, ६ तोला सुन र ६० तोला चाँदीका गहनालगायत १० लाखबढीको धनमाल लुटेको दुवै पीडितले जनाएका छन् ।

प्रकाशित : भाद्र १४, २०७६ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?