कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महोत्तरी खुला दिसामुक्त बन्दै

कान्तिपुर संवाददाता

महोत्तरी — जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति महोत्तरीले जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी थालेको छ  । जिल्लालाई आगामी भदौ महिनाभित्रैमा घोषणा गरिने समन्वय समिति अध्यक्ष सुरेशप्रसाद सिंहले जानकारी दिए  ।

जिल्लामा कुल १ लाख ११ हजार ३४ घरपरिवारमध्ये १२ सय घरमा मात्रै निजि शौचालय बन्न बाँकी छ । सिंहका अनुसार ती बाँकी घरमा पनि भदौ १५ भित्रै चर्पी बनाएर खुला दिसामुक्त जिल्ला घोषणा गर्न लागिएको हो ।

नेपाललाई असोज महिनाभित्र खुला दिसामुक्त देश घोषणा गर्ने योजनाअन्तर्गत महोत्तरी जिल्लाका १५ स्थानीय तहमध्ये आठवटा खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् । घोषणा हुन बाँकी सातमध्ये दुई स्थानीय तहमा अनुगमनको काम सकिएर घोषणाको अन्तिम तयारीमा रहेको सिंहले बताए । अन्य पाँच स्थानीय तहका केही घरपरिवारमा शौचालय बन्न बाँकी रहे पनि काम धमाधम भइरहेको समन्वय समितिले जनाएको छ ।


जिल्लाको बर्दिबास, गौशाला, रामगोपालपुर, बलवा र मनरासिसवा नगरपालिका एवम् सम्सी, सोनमा र पिपरा गाउँपालिकासहित आठ स्थानीय तह खुला दिसामुक्त क्षेत्र भइसकेका छन् ।

प्रकाशित : श्रावण २९, २०७६ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?