कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रकले बसलाई ठक्कर दिँदा दुई भारतीय तीर्थयात्रीको मृत्यु

शिव पुरी

रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका–१ मंगलपुर स्थित पूर्वपश्चिम राजमार्गमा मंगलबार बिहान भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा २१ यात्रु घाइते छन् ।  

ट्रकले बसलाई ठक्कर दिँदा दुई भारतीय तीर्थयात्रीको मृत्यु

काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको ना ६ ख ९०३० नम्बरको बस मंगलपुर नजिक रोकेर राखेको अवस्थामा सोही दिशाबाट आएको को १ ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । ठक्करबाट भारतको उपरासाही नेयर खण्डाला मन्दिर जगामारा भुवनेश्वर खोडदाहा उडिसाका छद्ध वर्षीय चरण विश्वाल र ५३ वर्षीय विजयकुमार जेनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी चन्द्रनिगाहपुरले जनाएको छ ।


राजमार्गमा राति १ बजे तीर्थयात्रीलाई शौच गराउन रोकेको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । यात्रुहरु जनकपुर मन्दिर दर्शनका लागि हिडेका थिए ।


दुर्घटनामा भारतका तीर्थयात्री सज्यकान्ति प्रधान, मञ्जु विष्डा, सुन्दरि वस्तिया, शौरी विहारा लगायतका घाइते छन् । विहाराको हात भाँचिएको छ । शरीरका बिभिन्न भागमा चोट लागेका सर्वेश्वर जेना र शेषादेव जेनालाई थप उपचारको लागि वीरगञ्ज रिफर गरिएको छ । अन्य घाइतेको चन्द्रपुर र एपोलो अस्पतालमा उपचार भइरहेको छ ।


दुर्घटनामा बसचालक झापा मेची नगरपालिका–१० का दुर्गाप्रसाद पौडेलको छातीमा चोट लागेको छ । उनको अवस्था समान्य छ । दुर्घटना लगत्तै फरार ट्रकचालक सुनसरी दुहवी–८ का रमेशकुमार चौधरीलाई नियन्त्रणमा लिएको इलाका डिएसपी कवित कटुवालले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?