कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगलागीबाट ५ घर जले

अवधेशकुमार झा

राजविराज — सप्तरीको बोदेबरसाईन-३ गौरामा शनिवार आगलागी हुँदा ५ घर जलेको छन् । आगलागीबाट ७ लाख बढीको क्षति भएको अनुमान गरिएको छ ।

आगलागीबाट ५ घर जले

स्थानीय राशिन्द्र यादवको घरमा विद्युत सर्ट भएर आगो फैलिएको थियो । यादवको घर सहित छिमेकीहरू जयनारायण यादव, काशिन्द्र यादव, ध्रुब कुमार यादव र जागेश्वर यादवको घर आगलागीका कारण जलेर नष्ट भएको छ ।


आगलागीमा अन्नपात, लत्ताकपडा, भाडावर्तन, कुखुराको चल्ला लगायतका सरसामान पूर्णरूपमा जलेर नष्ट भउको पीडितहरुले बताएका छन् ।


राजविराज र शम्भुनाथ नगरपालिकाबाट आएको वारूणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

प्रकाशित : जेष्ठ १८, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?