निर्माणाधीन सडकमा दुर्घटना जोखिम

लक्ष्मी साह

बारा — पछिल्लो केही वर्षयता जिल्लाको विभिन्न ठाउँमा सडक निर्माणका कामले गति लिएको छ । सडकको कामले जति गति लिएको छ, त्यतिकै दुर्घटनाको जोखिम पनि निम्ताएको छ । 

निर्माण कम्पनीले काममा प्रयोग गरिरहेको विभिन्न उपकरण, मालवाहक सवारी, निर्माणमा प्रयोग गरिने सामग्री, सामग्री राख्ने ड्रम, अन्य भाँडालगायतका सामान यत्रतत्र सडकमै जथाभावी छोड्नुले दुर्घटना जोखिम बढेको हो ।

सडक निर्माणमा संवेदनशील भएर काम नगर्दा र सावधानीका उपाय नअपनाउँदा दुर्घटना भइरहेको छ । निर्माण कम्पनीको मनोमानी, अव्यवस्थित निर्माण प्रक्रिया र त्यसको अनुगमन गर्ने निकायको कमीले दुर्घटना जोखिम बढेको हो । यस्तो बेथितिले सवारीमा आवागमन गर्नेहरूले झनै जोखिम मोल्नु परिरहेको छ ।

कतै डाइभर्सन बनाइएको छैन् त कतै खाल्डो खनेर त्यत्तिका छाड्नाले यात्रुहरू जोखिममा आवागमन गर्नु बाध्यता छ । यस्तो बेथिति र मनोमानीविरुद्ध न कसैले बोलेका छन् नत निर्माण कम्पनीले त्यसको व्यवस्थापन गर्न सकेको छ ।

सडकको समस्याले पिछडिएका ‘कोर’ (नमुना) मधेसका गाउँका समुदाय निर्माणको कामले एकातिर उत्साही देखिएका छन् भने अव्यवस्थित निर्माणले अर्कोतिर दुर्घटनाको जोखिम झेल्नुपरेको छ ।

खास गरेर रौतहटको कटहरिया जोड्ने कलैया-मलाही सडक, हुलाकी मार्गअन्तर्गत उत्तर महेन्द्र राजमार्ग र दक्षिणमा दसगजा जोड्ने मानमत-मटिअर्वा, तामागढी-सिम्रौनगढ र मधेसको लाइफ लाइन पूर्व-पश्चिम जोड्ने हुलाकी मार्गमा यस्तो समस्या देखिएको हो । हुलाकी मार्गअन्तर्गत वीरगन्जको प्रतिमा चोकदेखि बरियारपुरसम्म जोड्ने सडक र कालोपत्रे भइरहेको बरियारपुरदेखि रौतहटको सिमानासम्म जोड्ने हुलाकी मार्गमा त्यस्तो समस्या देखिएको हो ।

बरियारपुरदेखि रौतहटको सिमानासम्म जोड्ने सडकमा भइरहेको कालोपक्रे त्रममा कालोपेको ड्रम, पिच निर्माणमा प्रयोग गरिएका मेसिन त्यतिकै सडकमै छाड्नाले दुर्घटना भइरहेको छ । यसैगरी पूर्वाधार विकास कार्यालयबाट निर्माण भइरहेको रौतहटको कटहरिया जोड्ने कलैया-मलाही सडकमा ओटासिल सडक निर्माणमा प्रयोग भइरहेको स-साना गिट्टी (क्रसर रेन मेटेरियल) ले सवारी चिप्लिने समस्याले त्यस सडकमा दैनिक दुर्घटना भइरहेको छ ।

राष्ट्रिय ग्रामीण यातायात सडक सुदृढीकरण कार्यक्रम (एसएनआरटिपी) अन्तर्गत १२ करोडको ठेक्कामा १६ किमि निर्माण भइरहेको उक्त सडकको ठेक्का भएको पाँच वर्ष बित्दा ५० प्रतिशतसमेत काम नभएको पूर्वाधार कार्यालयका एक इन्जिनियरले बताए । उक्त सडकमा मसिनो गिट्टी ओछ्याएर छाडिएकाले सवारी चिप्लेर दैनिक दुर्घटना भइरहेको छ ।

‘सडकको समस्याले मधेसका गाउँका स्थानीयको जीवनस्तरमा परिवर्तन आउन सकेको थिएन । जीवनस्तर परिवर्तनका लागि सडक त निर्माण भइरहेको छ, तर अव्यवस्थित निर्माणले ज्यान नै खतरामा परिरहेको छ,’ महागढीमाई नगरपालिका बेतौना गाउँका सामाजिक अगुवा इस्लाम अन्सारीले भने, ‘सडक निर्माण क्रममा यत्रतत्र छाडिएका सामानमा ठोक्किएर दुर्घटना भइरहेको छ ।

कतै ड्रम सडकमै छ, त कतै हेभी मेसिन बीच सडकमै छाडिएका छन् ।’ पचरौता नगरपालिका बाजोपट्टी गाउँपालिका शिक्षक छविलाल यादवले निर्माण कम्पनीले सावधानी अपनाएर निर्माणको काम नगर्दा सर्वसाधारणको ज्यान जोखिममा परिरहेको बताउँछन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्

कहिले बन्ला खकार जाँच्ने मेसिन ?

कान्तिपुर संवाददाता

बारा — आउँदो सन् १९५० भित्र नेपाललाई ‘टिबी फ्री’ (क्षयरोग मुक्त) बनाउने सरकारको लक्ष्य छ । नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र कलैया अस्पतालमा रहेको उच्च प्रविधिको खकार जाँच गर्ने मेसिन भने वर्षौंदेखि बिग्रिँदा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । ४० लाख पर्ने ‘जिन एक्सपर्ट’ मेसिन बिग्रेको हो । 

यसले टीबीका बिरामी र बिरामी भए/नभएको जाँच गर्न आउने सम्भावित टीबी रोगीको खकार जाँच्न समस्या भएको छ । टीबी भए/नभएको सूक्ष्म तथा उच्च प्रविधिबाट प्रतिव्यक्तिको खकार जाँच गर्न निजीमा १५ हजार रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।

तर नि:शुल्क जाँचको व्यवस्था गरिएको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र कलैया जनस्वास्थ्यमा यस्तो जाँच मेसिन अभावमा प्रभावित छ ।

मेसिन बिग्रेको कारण एक पटकमा ४ जनाको खकार जाँच हुनुपर्नेमा ३ जनाको मात्र भइरहेको छ । यस्तै कलैया अस्पतालमा ४ जनाको खकार एकपटकमा जाँच गर्नुपर्नेमा मेसिन अभावमा २ जनाको खकार मात्र जाँच भइरहेको छ ।

यसले खकार जाँच गराउने चाप बढेको छ । नारायणी उपक्षेत्रीय अस्पतालमा २ वर्षदेखि ब्रिगेको मेसिन एक साताअघि मर्मत भई जाँच सुरु गरिएको भए पनि यो जाँच अझै अधुरो छ । अझै एकवटा मेसिन बिग्रिरहेकै कारण एक पटकमा ४ जनाको खकार जाँच हुनुपर्नेमा ३ जनाको मात्र भइरहेको त्यहाँका प्रगोगशाला प्राविधिकले बताए ।

‘मेसिनको क्षमताअनुसार दिनको १२ जनाको खकार जाँच हुनुपर्छ, तर मेसिन ब्रिगेकोले ९ जनाको खकार जाँच भइरहेको छ,’ उनले भने, ‘२ वर्षदेखि ठप्पै थियो ।

एक साताअघि बनाएर ल्याइएको मेसिनले जेनतेन ९ जनाको खकार जाँच भइरहेको छ ।’ त्यसैगरी कलैयास्थित जनस्वास्थ्य कार्यालयका क्षयरोग फाँट प्रमुख शेख फुल महम्मदका अनुसार कलैयाको मेसिन एक सातादेखि बिग्रेकाले दिनको १२ जनाको खकार जाँच हुनुपर्नेमा ६ जनाको मात्र जाँच भइरहेको छ ।

‘वीरगन्ज अस्पतालको मेसिन २ वर्षदेखि बिग्रेकाले कलैया जनस्वास्थ्यमा खकार जाँच गर्न आउनेको चाप अधिक थियो ।

प्रकाशित : जेष्ठ ८, २०७६ ११:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्