कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभिभावकालाई सचेतना शिक्षा

पवन यादव

सिमरा — बाराको कलैया उपमहानगरपालिका १२ शितलपुरमा ‘नैतिकवान चरित्र निर्माण एवं शान्ति, समृद्धि तथा स्वर्णिम युग’ विषयक प्रवचन कार्यक्रमको गरिएको छ  । नेपाल राष्ट्रिय निमावि शितलपुर र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाको संयुक्त आयोजित प्रवचनमा शिक्षाप्रति स्थानीय अभिभावक थप जिम्मेवार र सचेत हुनुपर्ने जोड दिइएको छ  ।

नैतिकवान विचारले नै समाजलाई सकारात्मक परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने कलैया उपमहानगरपालिकाका प्रमुख मेयर राजेश राय यादवले बताए । ‘सामाजमा अहिले धेरै विकृति बढेका छन्,’ उनले भने, ‘बढदै गरेको विकृतिलाई निर्मुल पार्न प्रवचनले टेवा पुग्छ ।’

समाजमा नैतिकता घटदै गएकोले कु–विचार बढेको उनले जिकिर गरे । प्रवचनले यहाँको अभिभावकमा सदबुद्धी पलाओस् भन्दै उनले कामना समेत गरेका थिए । विद्यालय सेवा क्षेत्रका अभिभावकलाई शिक्षाप्रति सचेत बनाउन कार्यक्रमको अयोजना गरिएको विद्यालयका प्रधानाध्यापक राजकिशोर सहनीले बताए । ‘यहाँका अभिभावक शिक्षाप्रति सचेत छैनन्,’ उनले भने, ‘अभिभावलाई शिक्षाप्रति रत्तीभरी चिन्ता छैन ।’ प्रवचन कार्यक्रममार्फत अभिभावलाई सचेत र शिक्षाप्रति जिम्मेवार बनाउन आफूहरू लागिपरेको उनले जानकारी दिए । यो कार्यक्रमले छोराछोरीलाई विद्यालयमा शिक्षा आर्जन गर्न नियमित पठाउन अभिप्रेरित गर्ने विश्वास आफूहरूले लिएको उनले बताए ।


नैतिक शिक्षा समाजलाई सकारात्मक बाटोमा डोर्‍याउने प्रयोगात्मक कक्षा भएकाले यसलाई शिशु कक्षादेखि नै पाठ्यक्रममा लागू गर्नुपर्नेमा सोही विद्यालयका अर्का शिक्षक राकेश पण्डेयले जोड दिए । ‘नैतिक शिक्षाको अभावकै कारण समाजमा विकृति बढेको छ,’ उनले भने, ‘समाज सुधार्न नैतिक शिक्षा अनिवार्य गरिनुपर्छ ।’ शिक्षाको कमी भएकै कारण समाजमा गुणवान र नैतिकवान मानिसको संख्या घटदै गएको उनले जिकिर गरे ।

यहाँका अभिभावकलाई नैतिक चरित्रको विकास गराउन ज्ञान प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको आयोजक ब्रह्माकुमारी राजयोग सेवा केन्द्र कलैयाकी सञ्चालिका मिन दिदीले बताइन् । ‘नैतिक विचारले जिवनमा उज्यालो ल्याउँछ,’ उनले भनिन्, ‘यहाँको समुदायले चाहेर पनि नैतिक ज्ञान पाइरहेका छैनन् ।’ उनीहरूमा भएको ज्ञानको कमीलाई हटाउन आफूहरू प्रयासरत रहेको उनले बताइन् । ज्ञान बाँड्ने उद्देश्य लिएर आफूहरू यहाँ आइपुगेको बताइन् ।

काक्रममा सहभागी अभिभावक, विद्यार्थी, शिक्षक लगायतलाई जिवन जिउने कला ब्रह्माकुमार विजयराज सिग्देलले सिकाएका थिए ।‘जिवनलाई सकारात्क बाटोमा अघि बढाउन हेरक व्यक्तिले ध्यान गर्नुपर्छ,’ उनले भने, ‘यसले मानिसमा सकारात्मक ऊर्जा बढाउँछ ।’

ध्यानले मानिसलाई चार्ज गर्छ । सकारात्मक शक्ति बढाउन ध्यान मानिसका लागि जरुरी रहेको उनले जिकिर गरे । कार्यक्रममा सहभागी गाउँकै गीता देवीले कार्यक्रमले अभिभावलाई सचेत गराएको विश्वास व्यक्त गरिन् । ‘आफूहरूलाई पहिला जिवन उपयोगी ज्ञानबारे जानकारी थिएन,’ उनले भनिन्, ‘यहाँ आएर धेरै कुरा सिक्यौं ।’ छोराछोराई विद्यालय नपठाएर उनीहरूको जिवन विगार्ने गतिविधि अभिभावकले गरेको जानकारी यही कार्यक्रममा पाएको उनले बताइन् ।

प्रकाशित : चैत्र २०, २०७५ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?