कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

पहिरोका कारण ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

२४ वटा घर जोखिममा, ३ सय घर खानेपानीको समस्यामा
आनन्द गौतम

ताप्लेजुङ — शुक्रबार बेलुकादेखिको वर्षा, बाढी र पहिरोका कारण सिरिजंगा गाउँपालिका-६ मामांखेका २२ परिवार विस्थापित भएका छन् । २४ वटा घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ । पहिरोले पाइप बगाएपछि यहाँका तीन सय बढी घर खानेपानीको समस्यामा परेका छन् । 

पहिरोका कारण ताप्लेजुङको मामांखेका २२ परिवार विस्थापित

वडा सचिव विशाल कुमार शाहका अनुसार भीममाया गुरुङ र गौरीमाया लिम्बुको घर पहिरोले पूर्णरुपमा पुरेको छ । गुरुङकोमा तीन र लिम्वूकोमा दुई जना बस्दै आएका थिए । पुर्णरुपले विस्थापित हनेमा हर्कमाया लिम्वु, रनबहादुर लिम्वु, पर्सुराम लिम्वु, गंगाकमारी गौतम, भिमकुमार लिम्वु, शेरबहादुर लिम्वु, मनोज राई र कल्पना लिम्वुको परिवार रहेका छन् ।

यस्तैे, मान लिम्वु, जगतबहादुर लिम्वु, बिरबहादुर लिम्वु, इन्द्रबहादुर भट्टराई, यामबहादुर लिम्वु, बुद्धिराज लिब्वु, रविबहादुर लिम्वु, रनकुमार लिम्वु मावो, सरस्वता लिम्बु, नारायण प्रसाद भट्टराई, जानुका भट्टराई र पुर्ण प्रसाद गौतमको परिवार विस्थापित भएका छन् । उनीहरुका ८८ जना परिवार छन् । विस्थापितलाई विद्यालय भवन र छरछिमेककोमा राखिएको वडाध्यक्ष सुक्रराज लिम्वुले जानकारी दिए ।

पहिरोवाट पूर्ण बहादुर लिम्वु, गणेश बहादुर लिम्वु, पदम बहादुर लिम्वु, शेरबहादुर लिम्बु, तेजबहादुर लिम्वु, सिराने राम लिम्वु, रनबहादुर गुरुङ, आइन्द्र राई र मनप्रसाद भट्टराईको घर जोखिममा रहेको वडा कार्यालयले जनाएको छ ।

यस्तै इन्द्रबहादुर लिम्वु, मनबहादुर लिम्वु, मघनाथ भट्टराई, विदुर मावो, लाखबहादुर लिम्वु, दिलबहादुर लिम्वु, सुर्यकुमार लिम्वु, टेकबहादुर लिम्वु, भिमकुमार लिम्वु, टिकामाया काङवा लिम्वु, इन्द्रबहादुर लिम्वु क र ख, पदमबहादुर लिम्वु, जितबहादुर लिम्वु र बिष्णुकुमारी लिम्वुका घर उच्च जोखिममा रहेका छन् । उनीहरुका ७२ जना परिवार रहेको वडा कार्यालयले जनाएको छ । घरको माथीवाट पहिरो झरेको, दायाँ बायाँ पहिरो गएको र घरको मुनीबाट पहिरो जान थालेको अवस्था रहेको वडा कार्यालयले जनाएको छ ।

पहिरोले खानेपानीका मुहान र पाइप बिगार्दा झण्डै तीन सय परिवार खानेपानीवाट बञ्चीत हुनुपरेको वताएका छन । गाउापालिका अध्यक्ष लालकृष्ण चौहान बर्षा नरोकिएकाले उद्धार, राहत वितरणमा समस्या भएको बताउँछन् । वर्षा रोकिनासाथ पाल, कम्वल, खाद्यान्न लगायतका राहत सामग्री पुर्‍याउने उनले बताए ।

प्रकाशित : असार २, २०८१ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x