कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

जैमिनीको बजेट : ‘केरा खान सेरा जाऔं’ कार्यक्रमलाई १२ लाख रुपैयाँ

प्रकाश बराल

बागलुङ — बागलुङको जैमिनी नगरपालिकाले ‘सेरा जाउँ, केरा खाऔं’ अभियान चलाउने भएको छ । नीति तथा कार्यक्रममा समावेश भएको अभियानलाई रचनात्मक बनाउन सोमबार ल्याइएको बजेटमा सम्बोधन भएको हो ।

जैमिनीको बजेट : ‘केरा खान सेरा जाऔं’ कार्यक्रमलाई १२ लाख रुपैयाँ

गत महिना कान्तिपुरमा ‘केरा खान सेरा जाऔं’ शीर्षकको समाचार प्रकाशित भएको थियो । उक्त समाचार जसतै नगरपालिकाले नीति कार्यक्रम र बजेटमा पनि समेटेर यहाँको केराको प्रवर्द्धनात्मक कार्यक्रम राखेको हो ।

जैमिनी नगरपालिकाको वडा नम्बर–१ कुश्मीसेरामा सबैभन्दा धेरै केरा खेती गरिएको छ । यहाँका किसानले केरा खेती गरेरै वर्षमा १० लाख रुपैयाँसम्म कमाउने गरेका छन् । समुन्द्री सतहबाट ६ सय मिटरमात्रै उचाइ रहेकोले जैमिनीघाट र कुश्मीसेरा केरा खेतीका लागि अति उपयुक्त हावापानीसमेत छ ।

वडा नम्बर–१ का एक हजारभन्दा बढी किसानले व्यावसायिक केरा खेती गरेका छन् । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १२ लाख बजेट विनियोजन गरेर केरा उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने र केराको प्रचार गर्ने लक्ष राखेको उपप्रमुख हरिहर शर्माले बताए । किसानको उत्पादनलाई बजारीकरणमा पनि साथ दिने नगरको योजनामा उल्लेख छ । केरा उत्पादन गर्ने किसानलाई बीउ प्रवर्द्धनलगायतको काममा पनि साथ दिने नगरको योजना छ ।

कृषि ज्ञान केन्द्र बागलुङले पनि यो क्षेत्रलाई केराको पकेट मानेको छ । केन्द्रका वागबानी विकास अधिकृत तथा सूचना अधिकारी कुमार पुनले केराखेतीको क्षेत्र विस्तार, सिंचाइ र बजारीकरणमा साथ दिने कार्यक्रम राखेको छ । यो क्षेत्र कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा सडकमा जोडिएको छ । बजारीकरणका लागि सदरमुकाम स्थित होलसेल पसलमा सम्पर्क गराउने, केरा राख्ने क्रेट वितरण तथा सिंचाइको सेवामा साथ दिएको उनले बताए । हाल यहाँका किसानले ‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी ९’ जातका केरा लगाइरहेका छन् । केराखेतीबाटै किसानलाई लाखौं कमाउने बनाउन यो प्रवर्द्धनात्मक काम थालेको हो ।

त्यसबाहेक नगरपालिकाले आगामी वर्षका लागि ७१ करोड ८७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गरिबी निवारणमा चासो राखेको जैमिनीले खरका छाना विस्थापित गर्न १० लाख, घरविहीनको घर बनाइदिन ३० लाख रुपैयाँ विनियोजन गरेको छ । लिड विद्यालय सञ्चालन गरेर विद्यार्थी बढाउन १० लाख, नागरिकको स्वास्थ्य उपचार कोषका लागि १५ लाख र विद्यार्थी प्रोत्साहन कोष पनि बनाउने गरी बजेट व्यवस्था गरेको छ ।

प्रकाशित : असार १०, २०८१ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×