कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बराहपोखरीको नाम र कानेपोखरीको केन्द्र परिवर्तन गर्न सिफारिस

काठमाडौँ — कोशी प्रदेश सरकारले बराहपोखरी गाउँपालिकाको नाम परिर्वतन गर्न संघ सरकारलाई सिफारिस गरेको छ । 

बराहपोखरीको नाम र कानेपोखरीको केन्द्र परिवर्तन गर्न सिफारिस

सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले बराहपोखरी गाउँपालिकाको नाम परिवर्तन गरेर बाराहापोखरी राख्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले वराहपोखरी नामलाई संशोधन गरी बाराहापोखरी गाउँपालिका राख्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासकीय केन्द्र वडा नं. ६ बाट वडा नं. ५ स्थित भौंसाबारीमा सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

दुवै गाउँपालिकाले बहुमतले यस्तो निर्णय गरी प्रदेश सरकारसमक्ष पठाएका थिए । बैठकले प्रदेश किताबखाना निर्देशिका-२०८० स्वीकृत गरेको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि समपुरक र विशेष अनुदानसम्बन्धी प्रस्तावहरु माथि समेत छलफल भएको मन्त्री राईले जानकारी दिए ।

प्रकाशित : माघ २९, २०८० १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?