कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगो निभाउन बेलैमा दमकल नआएको भन्दै सडक अवरुद्ध

पर्वत पाेर्तेल

काँकडभिट्टा — मेचीनगर–६ काँकडभिट्टामा आइतबार बिहान दुई घरमा आगलागी हुँदा बेलैमा दमकल नआएको भन्दै स्थानीयले पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका छन् । स्थानीयले काँकडभिट्टादेखि पुरानो भन्सारसम्म करिब एक किलोमिटर सडकमा नाराबाजी गर्दै सडक अवरुद्ध पारेका हुन् ।

आगो निभाउन बेलैमा दमकल नआएको भन्दै सडक अवरुद्ध

आइतबार बिहान आगलागीबाट भानु टोलका नारायण तिम्सिना र पासाङ तामाङको घर जलेका थिए । मेचीनगरको दमकल एक महिनादेखि बिग्रिएर ग्यारेजमा थन्किएको छ ।

विद्युत् सट भइ आगो लागेपछि स्थानीय र सुरक्षाकर्मी मिलेर आगो नियन्त्रणमा लिएका थिए । पानी, बालुवा र स्याउला प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको थियो । आगो नियन्त्रणपछि मात्रै बिर्तामोडको दमकल आएको थियो ।

आक्रोशित स्थानीयले बिहान मेचीनगरका मेयर विमल आचार्य र उपप्रमुख मीना उप्रेतीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रकाशित : फाल्गुन १, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?